अस्ट्रेलियाको क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउने, १० अर्ब अमेरिकी डलर बचत हुने
सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा बिमान पनि संचालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अलान जोएसले कम्पनीको इतिहासमै यस वर्ष सबैभन्दा ठूलो संकटको सामना गर्नु परेको बताएका छन् । उनले कम्पनीका आधाभन्दा बढी कर्मचारी अर्थात् करिब २३ हजार कर्मचारीलाई पनि विदामा बस्न भनिएको जानकारी दिए । कोरोना महामारीका कारण क्वान्टासले आफ्ना सबैजसो अन्तर्राष्ट्रिय उडान कम्तीमा आगामी अक्टोबरसम्मका लागि रद्द गरेको जनाएको छ । कम्पनीले घरेलु उडान पनि सीमित मात्र गरिएको बताएको छ । अस्ट्रेलियाका अधिकांश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने देखिएको छ । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एकाएक कोरोनाभाइरस देखिएसँगै यसको प्रभाव सहजै अन्त्य हुन नसक्ने दृष्टान्त देखाएको छ । क्वान्टासका कार्यकारी जोएसले आगामी केही वर्षसम्म कम्पनीको राजश्वमा ठूलै कमी आउने बताउँदै आफ्नो कम्पनी केही समय सानो विमान सेवाका रुपमा खुम्चिने सम्भावना रहेको छ भने । रासस/एएफपी
हप्तामा थप १० लाख संक्रमित थपिँदै, डब्ल्यूएचओले दियाे अक्सिजन अभाव बारेमा चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठनले बुधवार विश्वव्यापी कोरोना भाइरस संक्रमितको करीब संख्या १ करोडको पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेकाे छ । प्रत्येक हप्ता १० लाख काेराेना संक्रमित बढ्दै गएसँगै डब्ल्यूएचओले अक्सिजन अभाव बारेमा चेतावनी दिएकाे छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले एक प्रेस सम्मेलनमा भने, ‘धेरै देशहरुमा अहिले अक्सीजन केन्द्रक (मेसिन) को अभाव छ । यस समयमा मेसिनको मागले आपूर्तिलाई नाघ्यो ।’ उनले थपे, ‘हालसम्म विश्वमा ९३ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन भने ४ लाख ८० हजार मानिस आफ्नो जीवन गुमाइसकेका छन । प्रत्येक हप्ता, १० लाख नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भइरहेको छ । यस कारणले, हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिन्डर र ६ लाख २० हजार घनमीटर अक्सिजनकाे आवश्यकता रहेकाे छ ।’ काेराेना संक्रमणको अचानक वृद्धिले अक्सिजन देखा पर्यो भने काेभिड १९ का बिरामीहरूले सास फेर्नु गाह्राे हुने गर्छ । ट्राडोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन केन्द्रकहरू खरिद गरिसकेको छ र आउने हप्ताहरूमा १ सय २० देशहरूमा पठाउने योजना बनाएको छ । यससँगै, अर्को ६ महिनामा, १.७० कंस्नट्रेटर जसको लागि १ कराेड डलर खर्च हुनेछ, तिनीहरूले यसलाई प्राप्त गर्ने सम्भावना छ ।’ विश्व स्वास्थ्य संगठनको आपतकालिन टोलीका प्रमुख डा.माइक रायनले भनेका छन् कि धेरै ल्याटिन अमेरिकी देशहरूमा यो महामारी अझै भयावह छ र यस क्षेत्रमा मर्नेहरूको संख्या १ लाख २४ हजार नाघेको छ । धेरै देशहरूमा गत हप्तामा २५ देखि ५० प्रतिशतले वृद्धि भएको छ । माइक रायनले अमेरिकामा अहिलेसम्म कुनै शिखर छैन र आउँदो दिनमा संक्रमित र मर्ने व्यक्तिको संख्या पनि बढ्ने सम्भावना रहेकाे जानकारी दिए । (बीबीसीकाे सहयाेग)
बेलायतमा मानिसमा काेराेना खाेप परीक्षणकाे तयारी
काठमाडौं । बेलायतमा मानवमा कोरोना खोपको परीक्षणको तयारी सुरु भएको छ । यो ट्रायल लन्डनको इम्पीरियल कलेजमा ३ सय जनामा गरिनेछ । इम्पीरियल कलेज लन्डनमा हुने ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शातोकले गरिरहेका छन् । भनिन्छ कि जनावरहरूमा यो खोपको परीक्षण सफल भएको छ र यसले रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत गर्दछ । हाल विश्वभरका १ सय २० ठाउँमा कोरोना खोप उत्पादन गर्ने प्रयास भइरहेको छ । यसमध्ये १३ ठाउँमा क्लिनिकल परीक्षणमा पुगेको छ । ती १३ ठाउँहरू मध्ये, ५ चीनमा, ३ संयुक्त राज्य अमेरिका र २ बेलायतमा छन्, भने अष्ट्रेलिया, रसिया र जर्मनीमा हुँदा, एकै ठाउँमा ट्रायल चलिरहेको छ । (बीबीसीकाे सहयाेगमा)