टर्कीमा मुद्रस्फीति झन्डै ८० प्रतिशत, खाद्यान्नको मूल्य दोब्बर
लन्डन । टर्कीको वार्षिक मुद्रास्फीति दर जुनमा लगभग ८० प्रतिशतमा पुग्यो र यो लगभग दुई दशकमा उच्चतम स्तर हो । उपभोक्ताको मूल्यहरु गत महिना जुन २०२१ को तुलनामा ७८.६ प्रतिशतले बढ्यो । खाना, पेय र यातायातको बढ्दो लागतले गर्दा मूल्य वृद्धि उच्च भएको हो । टर्की संस्थानको तथ्याङ्क अनुसार खाद्यान्नको मूल्य एक बर्षमा लगभग दोब्बर भएको छ र यातायातको लागत १२३ प्रतिशत माथि थियो । हालसालकै महिनाहरुमा व्यापक मुद्रास्र्फीतिको सामना गर्ने देशको लागि यो अर्को डरलाग्दो कोसेढुङ्गा हो र जसको मुद्राले यस वर्षको सुरुदेखि अमेरिकी डलरको तुलनामा आफ्नो मूल्यको २० प्रतिशत भन्दा बढी गुमाएको छ । टर्कीको अर्थतन्त्र अन्य देशहरु जस्तै विश्वव्यापी मुद्रास्फीतिको सामना गरिरहेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको आर्थिक नीतिहरुले संकटलाई बढाएको समाचार सीएनएन प्रकाशित गरेको छ । गत सेप्टेम्बरमा एर्डोगानले नियम पुस्तिका खारेज गरे र टर्कीको केन्द्रीय बैंकलाई ब्याजदरहरु घटाउन सुरु गर्न भने । तर टर्कीमा बैंक व्याजदर बढ्दै गएको छ । डिसेम्बरदेखि ब्याजदर १४ प्रतिशत कायम छ । टर्कीका अर्थमन्त्री नुरेदिन नेबीतले सोमबार एक टुईटमा भनेका छन् विश्वव्यापी बस्तुको मूल्यमा उच्च वृद्धिको निरन्तरताले विशेष गरी उर्जा र कृषि उत्पादनमा जुनमा मुद्रस्फीति बढेको छ । उनले सरकारलाई बिक्री कर घटाउने, अनुदान दिने लगायत चर्को मूल्यवृद्धिबाट जनतालाई जोगाउन कारबाही गरिरहेको बताए । एजेन्सीहरु
श्रीलङ्का जस्तै ९ देश आर्थिक संकटमा; भ्रष्टाचार, गृहयुद्ध र दैवीविपत्ति मुख्य कारण
ब्याङकक । चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ । श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ । केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ । इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलङ्काको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ । गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ । विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न सङ्घर्षरत छन्भने गरिब देशहरू ऋण सङ्कटबाट मुक्त हुनसक्नेक अवस्था छैन । अतिकमजोर अर्थतन्त्र भएका देशहरू महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ । अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ । रासस
२५ वर्षको उमेरमै विश्वका धनाड्य बनेका जोन डिको ‘डायरी’, सम्पत्तिभन्दा शान्ति आवश्यक
काठमाडौं । संसारको सबैभन्दा धनाड्य व्यक्ति हुन् जोन डि रकफेलर । उनी २५ वर्षको उमेरमै दुनियाँको धनाढ्य व्यक्ति भई अमेरिकाको ठूलो तेल रिफाईनिङ कम्पनीको मालिक बने । उनी ३१ वर्षको उमेरमा दुनियाँकै सबैभन्दा ठुलो तेल रिफाईनर बने भने ३८ बर्षको उमेरमा अमेरिकाको ९० प्रतिशतभन्दा बढी रिफाईन ओईलको कमाण्ड आफूले सम्हाले । ५० बर्षको उमेरमा उनी अमेरिकाकै धनाढ्य व्यक्ति बनिसकेका थिए । जब उनको मृत्यु भयो, उनी दुनियाँकै धनाढ्य व्यक्ति बनेका थिए । उनले जीवनमा लिने प्रत्यक निर्णय जीवन प्रतिको दृष्टिकोण आफ्ना सम्बन्धहरु उनले आफ्नो व्यक्तिगत शक्ती र धन बढाउनको लागि उपयोगमा ल्याएका थिए । तर, ५३ बर्षको उमेरका भएपछि अचानक उनी बिरामी परे । अचानक बिरामी हुँदा अर्बपति जस्तो मानिसले सामान्य सुपको भरमा आफ्नो जिवन बचाइरहे । न निदाउन सक्थे, न मुस्कुराउन सक्थे, जीवनमा केही पनि कुरा उनको लागी महत्वपूर्ण थिएन, त्यतिखेर कुशल चिकित्सकहरुले पनि भविष्यवाणी गरेका थिए अब उनी बाच्ने उमेर एक बर्ष मात्रै बाँकी छ । त्यो एक बर्ष कष्टको साथ निकै सुस्त भएर उनि बाँचिरहेका थिए । जब उनी मृत्युको नजिक पुग्दै थिए उनमा अचानक आफ्नो सम्पूर्ण सम्पत्तिको याद आयो । आफूले हालसम्म कमाएको सम्पूर्ण सम्पत्ति अर्काे दुनियाँमा लिएर जान सक्दिन, त्यो व्यक्ति हुँ म जसले पुरै व्यापारको दुनियाँलाई नियन्त्रणमा राख्थे । आफ्नो शरिर, जीवन पनि नियन्त्रणमा राख्न सकिरहेको छैन । उनीसंग एक मात्र विकल्प थियो, आफ्ना वकिलहरु तथा एकाउटेन्ट म्यानेजरलाई बोलाएर घोषणा गरेर आफ्नो सम्पूर्ण सम्पत्तीलाई अनुसन्धानको क्रममा दान धर्मको नाममा दिने भनेर जन डि रकफेलरको नामक फाउडेन्सन स्थापना भयो । यसले स्वास्थ्यको क्षेत्रमा उपचारको क्षेत्रमा उल्लेखनीय कामहरु गर्न सफल भयो । आश्चर्यजनक कुरा, जब उनले आफ्नो कमाईको हिस्सा अस्पताललाई दान दिए, त्यसपछि उनको स्वास्थ्यमा क्रमश सुधार हुँदै आयो । ५३ वर्षको उमेरमा अब १ वर्ष बाच्ने अवधि छ भनियो, त्यसपछि उनी ९८ वर्षको उमेरसम्म बाच्न सफल भए । उनले आफू स्वस्थ भएपनि अस्पताललाई दान दिएको सम्पक्ति फिर्ता लिएनन् । उनले आफ्नो विगतका कुराहरु एउटा डायरीमा लेख्न थाले । उनले लेख्न थाले, मैले जिबनमा काम गर्न सिकें, मेरो जीवनमा बिरामी एउटा लामो सुखद यात्रा बन्यो, आम र आन्नद भरपुर रुपमा यसरी बाच्न सफल भए कि मलाई कुनै चिन्ता रहेन, कुनै तनाव रहेन दिनानुदिन सुख छ त्यो नै जीवन बाँच्नुको सबैभन्दा ठूलो सुख हो । दुनियाँको सबै सम्पत्तीभन्दा जरुरी त मनको शान्ती हो ।