चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेको हो । जियानचाओ नेतृत्वमा ८ सदस्यीय टोली नेपालमा आएको छ । सो टोली ४ दिन सम्म नेपालमा रहने जनाइएको छ । जियानचाओ गत जुनमा मात्रै विदेश विभाग प्रमुख बनेका थियो । नेपाल भ्रमणको क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने जनाइएको छ । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।
९ पटक सांसद र ९ वर्ष प्रधानमन्त्री बनेका थिए प्रधानमन्त्रीका नाती सिन्जे आवे
मृत्यु हुनुभन्दा २ दिनअघि भाषण गर्दै शिन्जाे आवे काठमाडाैं । जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका भएका आवे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय लिएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनु परेको छ । आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो । सन् १९५४ मा जन्मिएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरे । राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए । उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भए । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नेमा सूचिकृत भए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिए । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनीले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेनन् । राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका बीचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ, उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ। आबेको गोली प्रहार गरी हत्या भएको निधन भएको हाे । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । जापानकाे इतिहासमा लामाे समय प्रधानमन्त्री रहेका शिन्जाेले स्वास्थ्यको २०२० मा कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए । आबेमाथि गोली प्रहार गरेका आक्रमणकारी