हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन : ट्रम्प
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् । प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन् । टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।’ साे सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो । ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो । गभर्नरलाई ट्रम्पको आह्वान ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । भिडिओ सम्मेलनमा ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन् । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन् । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् । स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन् । न्यूयोर्कका पूर्व परीक्षक डाक्टर माइकल बाडेनले पत्रकार सम्मेलनमा भने, ‘मेरो विचारमा हत्याको कारण घाँटीमा दबाइएकाले भएको हो । त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ ।’ एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ । उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ । अमेरिकाका विभिन्न सहरमा छैठौं दिन पनि प्रदर्शनहरू भइरहेका छन् र दशकौंमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ । चिकित्सक बाडेनले फ्लोइडको मृत्यु हुनेगरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए । फ्लोइडको परिवारका वकिलले मानिसलाई नियन्त्रणमा लिने तरिकामा सुधार गरेको भए फ्लोइडको जीवन बचाउन सकिने भन्दै त्यसका लागि मिनियापलिसको प्रहरी कार्यालयलाई आरोप लगाएका छन् । (बीबीसी)
सगुनले ९० लाख डलरको सेयर निष्काशन गर्ने, कम्तिमा ९ सय डलरको किन्न सकिने
वासिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्काशन गर्ने भएकाे छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई बिक्री गर्ने छ । सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्काशन गरेको हो । सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आईपीओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए । पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेव व्राउजरहरुका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ । ‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,’ सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘हामीले सागुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं । यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाइ पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’ उनले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताए । उनले यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए । ‘सगुनका प्रयाेगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन्,’ उनले भने- ‘अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धिदर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित-ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाइ यस संजालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।’ ‘रेज ए प्लस’ मिनी आइपिओ निस्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा शेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गर्दछ। सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ । सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निष्काशन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । सगुनको सेयर खरिद गर्न इच्छुक व्यक्तिले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आईपीओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् । त्यहाँ सेयर बिक्री अह्वान पत्र पनि उपलब्ध छ। इच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त अह्रवान पत्र (सर्कुलर) अध्ययन गर्नुपर्छ । सगुनका बारे सागुन एक विस्तारको चरणमा रहेको सामाजिक वाणिज्य (सेसियल कमर्स) प्लेटफर्म हो । यसका वाशिगटन डीसी, नयाँ दिल्ली र काठमाडौंमा कार्यालयहरू रहेका छन् । कम्पनीका १८ जनाको टोली सदस्य, ५६ लाखभन्दा भन्दा बढी प्रयोगकर्ता र विश्वभर ४००० भन्दा बढि लगानीकर्ताहरू छन् । सगुन शब्द संस्कृत शब्द ‘शकुन’ बाट आएको हो, जसको अर्थ नेपालीमा ‘शुभ क्षण’ वा ‘भाग्य’ भन्ने हुन्छ। सगुनको सेयरमा लगानी सम्बन्धि प्रस्ताव अमिरिकी धितोपत्र नियामक (एसइसी) मा पेश गरिएको छ । यस प्रस्ताव कथनलाइ एसइसीले सेयर विक्रियोग्य ताेकिदिएको छ । यसको अर्थ कम्पनीले प्रस्ताव विवरणमा उल्लेख गरिएको सेयर बिक्री गर्न सक्छ। एसईसीले यस प्रस्तावलाई अनुमोदन गरेको भने हाेइन । लगानी गर्न इच्छुकले सगुनकाे पत्र पढ्न यसमा क्लिक गर्न सकिने छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध ताेडेकाे घाेषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर असफल भयो । हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’ विश्वमा नै फैलिएकाे कोरोना भाइरसकाे संक्रमण रोक्न डब्ल्यूएचओ असफल भएको भन्दै अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोगमा राेक लगाएकाे थियाे । हाम्रा कामहरू कडासँगसँगै अर्थपुर्ण हुन्छन् भन्दै ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप पुन दोहोए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’ अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।