यी हुन् विश्वका सबैभन्दा धनी ५ बच्चा, जाेसँग छ १ बिलियन डलरभन्दा बढी सम्पत्ति

काठमाडाैं । नयाँ करोडपति र अरबपतिहरूको संख्या हरेक बर्ष बढ्दै गएको छ । धेरै जसो आमाबाबुको स्वामित्व प्रायः जसो बच्चाहरूलाई नै हस्तान्तरण गरिन्छ, । फलस्वरुप उनीहरु विद्यालय नै जाने उमरे नै भएको हुँदैन विश्वका धनी बच्चाहरुको नामा परिचित हुन्छन् । उनीहरू स्कूलमा पैदल हिड्नु अघि नै उनीहरू धनी बन्न पुग्छन् । उनीहरुकाे नाममा उनीहरुका आमाबुवाहरुले अर्बाैं डलर रुपैयाँ राखेकाे हुन्छ । जाे पछि गएर उनीहरुकै हुन्छ । विश्वका ५ बच्चाहरुकाे सम्पत्ति १ बिलियन डलरभन्दा बढी छ । यी हुन् विश्वका सबैभन्दा धनी बच्चाहरु  १. प्रिंस जर्ज अलेक्जेण्डर प्रिंस जर्ज अलेक्जेण्डर लुइस २०२०का विश्वको सबैभन्दा धनी बच्चा हुन् । उनी जर्ज ब्रिटिश शाही परिवारका हुन् । प्रिन्स विलियम्स र केट मिडलटन उनका अभिभावक हुन् । २२ जुलाई २०१३ मा जन्मिएका जर्ज कुल एक अर्ब डलर भन्दा बढीकाे सम्पत्तिको उत्तराधिकारी हुन् । २. फोबी एडले गेट्स बिल गेट्स र मिलिंडा गेट्सकी छोरी फोबी एडले गेट्स पनि विश्वको धनी बच्चाहरूको सूचीमा आफ्नो स्थान ओगेटेकी छन् । उनी उनको आमा बुबा कान्छी छोरी हुन् । उनी कान्छो छोरी भएर पनि उनले उनको आमा बुबाको सम्पत्तिमा ठूलो हिस्सा लिएकी छिन् । १४ सेप्टेम्बर २००२ मा जन्मिएकी फोबी १ बिलियन डलरको उत्तराधिकारी हुन् । ३. ब्यू आइभी कार्टर वर्ष २०२० मा विश्वको धनी बच्चाहरूको सूचीमा नीलो आइभी कार्टरको नाम पनि छ । ब्यू आइभी कार्टर पनि भाग्यशाली बच्चाहरूको सूचीमा सामेल छन् । ब्लू आइभी कार्टरसँग पनि १ अर्बभन्दा बढीको सम्पत्ति भएको बुझिएको छ । ब्लू आइभी कार्टर ७ जनवरी २०१२ मा जन्मेकी ब्लू आइभी अमेरिकी गायक बेयोन्सी र रैपर जेजीकी छोरी हुन् । ४. सूरी क्रूज सन् २०२० को धनी बच्चाहरूको सूचीमा सूरी क्रूज अर्को नाम हो । सूरी क्रूज १८ अप्रिल २००६ मा जन्मिएकी हुन् । उनी अमेरिकी अभिनेता टम क्रूज र क्याटी होम्सकी छोरी हुन् । सूरी क्रूज करीव ४०० मिलियन डलरको उत्तराधिकारी हुन् । ५. नोक्स जोली पिट र भिभियन जोली पिट अमेरिकी अभिनेता ब्रैड पिट र एन्जेला जोलीका बच्चाहरू पनि करोडौं सम्पत्तिमा छन् । नोक्स जोली पिट र भिभियन जोली पिट जुम्ल्याहा हुन् । उनीहरुसँग पनि २० करोड डलर सम्पत्ति रहेको बुझिएको छ । दुबै बच्चाहरूको पहिलो फोटो १ लाख डलरमा बेचे जुन अहिले सम्मको सबैभन्दा महँगो बच्चाको फोटो भएको बताइएको छ । एजेन्सीकाे सहयाेगमा 

भारतले टिकटक लगायत ५९ एपमाथि प्रतिबन्ध लगायो

एजेन्सी । भारत सरकारले ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको छ । टिकटक, विच्याट, हेलो, अलिबाबा, सेयरइट्, बिगो लाइभ, क्याम स्क्यानर, कल्यास अफ किंग्स, बाइडु, अलिबाबाज् युसि ब्राउजर, क्लब फ्याक्ट्री, एमआइ भिडिओ कल लगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । सीमा सुरक्षाको कारण जनाउँदै भारत सरकारले सूचना प्रविधि ऐन अनुसार चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । गत साता भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले स्थाथी प्रतिबन्ध लगाउन सूचना जारी गरेको हो । स्थायी रुपमा प्रतिबन्ध लगाइएका एप भारतीय इन्टरनेट स्पेसमा सेन्सर गरिएको छ । गत वर्ष भारतले २ सय ६७ एपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउनु अगाडी भारत सरकारले कम्पनीहरुलाई डेटा कलेक्सन, डेटा प्रोसेसका बारेमा जिज्ञासा राखेको थियो । कम्पनीहरुको जवाफबाट सन्तुष्ट नभएपछि सरकारले स्थाथी प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो । पछिल्लो समय भारत–चीन सिमानामा झडपका घटनाहरु भईरहेका घटना सार्वजनिक भएका थिए । भारतले चिनियाँ एपहरुका कारण थप सुरक्षा खतरा बढाउने निष्कर्ष निकालेको हो । भारत सरकारले चिनियाँ एपको प्रभाब घटाउन यो कदम चालेको हो । दुई देशबिच सीमा विवाद बढिरहँदा चिनियाँले आफ्ना नागरिकको डेटा दुरुपयोग गरेको र भारत बिरोधी गतिबिधी गरेको भारतको आरोप छ । चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनु अगाडी गत हप्ता सूचना जारी गरिएको थियो । हिंसात्मक भडपमा २० जना भारतीय सैनिक मारिएपछि भारतले कठोर निति अपनाएको हो । चिनियाँ सामान, सफ्टवेयर र एप बहिस्कार गर्नुपर्ने आवाज चर्को रुपमा उठ्दै गएपछि भारतले यस्तो कदम चालेको हो ।  

अमेरिकाका राष्ट्रपति ट्रम्पले नयाँ पार्टी खोल्ने बारे छलफल गर्दै

एजेन्सी । आजदेखी अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने बताएका छन् । त्यसको लागि उनले छलफल चलाईरहेका छन् । ट्रम्पले नयाँ पार्टीको नाम प्याट्रियट पार्टी राख्न चाहेका छन् । जतिसुकै आलोचना भए पनि ट्रम्पले फेरी आफ्नो प्रभाव जमाउन चाहेका छन् । पछिल्ला दिनमा रिपब्लिकन पार्टीका नेताहरुसँग उनको असमझदारी बढ्दै गएको देखिन्छ । जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनापछि ट्रम्पको आलोचना झन् बढ्दै गएको छ । अमेरिक मिडियाका अनुसार ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाड्ने बताइएको छ । गत नोभेम्बरमा जो बाइडेनसँग ट्रम्पले चुनाव हारेका थिए । तर, उनले आफ्नो हार अस्विकार गरिरहेका छन् । बरु चुनाबमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । ट्रम्पका विरुद्ध दोस्रो महाअभियोग लागेको छ । यदि माथिल्लो सदन सिनेटबाट महाअभियोग पारित भएमा ट्रम्पले सन् २०२४ को आगामी चुनाबमा भाग लिन पाउने छैनन् ।