अस्ट्रेलियामा फेसबुक र गुगलले रकम तिर्नुपर्ने कानुन पारित

एन्जेसी । अस्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने विधेयक पारित भएको छ । केही समय अगाडीदेखि यो मुद्दा विचाराधिन अवस्थामा रहेको थियो । बुधबार अस्ट्रेलियाको माथिल्लो सदनबाट नयाँ मिडिया कानुन पारित भएको हो । समाचार संस्था रोयटर्स  का अनुसार अस्ट्रेलियाले ल्याएको नयाँ कानुन अनुसार फेसबुक र गुगल अस्ट्रेलियन मिडियाको समाचार प्रयोग गरेबापत रकम तिर्नु पर्नेछ । यो कानुन अनुसार सूचना तथा प्रविधि कम्पनीहरूले रकम तिर्नु पर्ने उल्लेख छ । तर, कति रकम तिर्नु पर्ने भन्ने कुनै मापदण्ड तोकिएको छैन । अस्ट्रेलियाको नयाँ कानुन अनुसार फेसबुक र गुगलले स्थानिय मिडिया संस्थालाई निश्चित रकम तिर्न दवाव परेको थियो । अस्ट्रेलियाले ल्याउन लागेको कानुनमा फेसबुक र गुगलले असहमति जनाउँदै रकम नतिर्ने बताएका थिए । गुगलले मिडिया कम्पनीसँग केही अघि सम्झौता गरिसकेको छ । फेसबुकले भने अस्ट्रेलियाली प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न रोक लगाएको थियो । सरकारी अधिकारीसँग पछिल्ला दिनमा वार्ता गरेपछि फेसबुक आफ्नो कदमबाट पछि हटेको छ । बिगत ६ महिना यता अस्ट्रेलियासँग फेसबुक र गुगलको द्वन्द्व थियो । सूरुवातमा गुगलले अस्ट्रेलियाबाट बाहिरिने चेतावनी दिएको थियो । गएको साता भने रकम तिर्न राजी भएको थियो । अस्ट्रेलियाका ठूला प्रकाशकलाई झण्डै ४७ मिलियन डलर तिर्न गुगल तयार भएको छ । फेसबुकले भने मिडियालाई पैसा नतिर्ने भन्दै अस्ट्रेलियाको कानुनमा असहमती जनाएको थियो । अस्ट्रेलियाली प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न, पढ्न पाँच दिनसम्म प्रतिबन्ध लगाएको थियो ।

फेसबुकले अस्ट्रेलियामा समाचारमा लगाएको प्रतिबन्ध हटायो

#gallery-1 { margin: auto; } #gallery-1 .gallery-item { float: left; margin-top: 10px; text-align: center; width: 33%; } #gallery-1 img { border: 2px solid #cfcfcf; } #gallery-1 .gallery-caption { margin-left: 0; } /* see gallery_shortcode() in wp-includes/media.php */ एजेन्सी । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूले समाचार सेयर गर्न पाउने भएका छन् । सोमबार अस्ट्रेलिया सरकारसँग फेसबुकको सम्झौता भएपछि प्रयोगकर्ताहरूले फेसबुकमा समाचार सेयर गर्न पाउने भएका हुन् । यो सँगै अस्ट्रेलियामा फेसबुकले लगाएको न्युज फिडमाथिको प्रतिबन्ध फुकुवा भएको वासिङटन पोस्टले लेखेको छ । अस्ट्रेलिया सरकारले ल्याएको नयाँ नितीप्रति असहमति जनाउँदै फेसबुकले गत सातादेखि सेयर गर्ने सेवा बन्द गरेको थियो । सोमबार भएको सम्झौतामा दुबैले मध्यमार्गि बाटो रोजेका हुन् । अष्ट्रेलियाको सरकारसँग छलफलपछि हामी प्रकाशकलाई सहयोग गर्ने समझदारीमा पुगेका छौं । त्यसमा साना तथा ठूला प्रकाशकहरु पनि समाबेश हुनेछन् । फेसबुकका क्याम्पबेल ब्रोनले भनेका छन् । गुगल तथा फेसबुकले समाचार सामग्री प्रयोग गरेबापत निश्चित रकम तिर्नुपर्ने मुद्दा अष्ट्रेलियाको सिनेटमा विचाराधीन छ । अष्ट्रेलियाको कानुनमा सहमति जनाएर गुगलले निश्चित रकम तिर्न तयार रहे पनि फेसबुक भने पछि हटेको थियो ।

भारतमा ट्वीटरको विकल्प बन्दै कु एप, छिटै १२ भाषामा उपलब्ध हुने

एजेन्सी । भारतमा ट्वीटरको साटो ‘कु’ (Koo) नामक एप लोकप्रिय बन्दै गएको छ । यो एपले ‘आत्मनिर्भर एप च्यालेन्ज २०२०’ बाट सम्मानित भईसकेको छ । भारत सरकार र ट्वीटरबीच द्वन्द्व बढ्दै गएपछि यो नयाँ एप प्रयोगमा आएको थियो । गत जनवरी २६ मा भारतको नयाँ दिल्लीमा भएको प्रदर्शनका बारेमा अफवाह फैलाएको आरोपमा भारत सरकारले ट्वीटरलाई केही एकाउन्टहरु बन्द गर्न आग्रह गरेको थियो । भारत सरकारको आग्रहलाई ट्वीटरले पालना नगरेपछि द्वन्द्व बढ्दै गएको थियो । मोदी सरकारले विपक्षी दलका नेता, केही मिडिया तथा पत्रकार लगायतको एकाउन्ट बन्द गर्न आग्रह गरेको थियो । त्यसपश्चात सरकारी तहबाटै ट्वीटरलाई वहिष्कार गर्दै नयाँ एप कु को प्रयोग बढेको थियो । हाल ‘कु’ एप अंग्रेजी सहित पाँच भाषामा उपलब्ध छ । डेभ्लपरले यसलाई १२ वटा भाषामा सञ्चालन गर्न लागेको जि न्युजले लेखेको छ । आत्मनिर्भर एप च्यालेन्ज २०२० बाट सम्मानित भईसकेको कु एप आउने दिनमा विश्व स्तरमै उत्कृष्ट बन्ने जि न्युजले दावी उल्लेख गरेको छ । गत वर्षको मार्चमा यो एपको लन्च गरिएको थियो । भारतीय अधिकारीहरुले खुलेर यस एपको प्रयोग गर्न प्रचारप्रसार गरिरहेका छन् ।