चीनको विद्युतीय कार बिक्री मे महिनामा ६०.२ प्रतिशतले बढ्यो
एजेन्सी । चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०।२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ुचाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सु को तथ्याङ्कले देखाएको छ । गत महिना चीनमा विद्युतीय सवारी साधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भई सात लाख १३ हजार युनिट पुगेको थियो । मे महिनामा चीनमा एनईभीको बजार हिस्सा ३०.१ प्रतिशत पुगेको थियो । यो बर्षको पहिलो पाँच महिनामा, विद्युतीय सवारी साधन बिक्री एक वर्ष पहिलेको तुलनामा ४६।८ प्रतिशतले वृद्धि भई २९ लाख चार हजार वटा पुगेको छ । चीनको एनईभी उत्पादन ३० लाख युनिटभन्दा बढी छ । यो वर्ष एनईभी उत्पादन ४५.१ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा एनइभीको निर्यात १६० प्रतिशतले वृद्धि भई चार लाख ५७ हजार युनिट पुगेको तथ्याङ्कले देखाएको छ । एनईभी खपतमा अग्रङ्क्तिमा रहेर चीनले आफ्नो एनईभी बजारको विकासलाई कायम राख्न विशेष गरी यसको विशाल ग्रामीण क्षेत्रमा सहयोगी नीतिहरू ल्याएको छ । गत महिना चीनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई एनइभी खरिद गर्न र प्रयोग गर्न सहयोग गर्न एक दिशानिर्देश जारी गरेको थियो, जसमा चार्जिङ पूर्वाधारको निर्माणलाई बढावा दिन ध्यान केन्द्रित गरिएको थियो ।
मोबाइल गेम खेल्न आमाको बैंक खाताबाट १२ लाख चैट
बेइजिङ । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट गेम खेलेर १२ लाख चट पारेकी हुन् । उनले तीन लाख २३ हजार एक सय ६३ गेममा, पाँच लाख ६१ हजार तीन सय ३० गेम एप्लीकेशन खरिद गर्न र दुई लाख ६७ हजार तीन सय ५५ हजार १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् । चार महिनाको अवधिमा उक्त रकम खर्च भएको हो । आमाको ‘डेबिट कार्ड’ प्रयोग गरेर मोबइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो । समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्नसक्ने गरी आफ्नो डेबिट कार्ड ‘पासवर्ड’सहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च गर्यो भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाई भन्न नसकेको जवाफ उनले दिएकी छन् । रासस/सिन्ह्वा
कलेज प्रवेशको अति कठिन परीक्षामा १ करोड चिनियाँ विद्यार्थी
एजेन्सी । विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ । उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलव्धि मानिन्छ । कारोनाका कारण नराम्ररी प्रभावित भएको चीनमा त्यसविरुद्धका सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र प्रवेश परीक्षाको तयारीका अनलाइन कक्षा सञ्चालन भएका थिए । ‘म विगत चार वर्षदेखि प्रवेश परीक्षाको तयारीमा जुटेकी छु, आइतबार बाहेक हरेक दिन बिहान ४ बजे उठे। पढेकी छु, मैले गर्न सक्ने सबै काम गरेको छु, तर म अझै अलि नर्भस नै छु’ शेन्जेनमा उच्च विद्यालयका १७ वर्षीय जेसी रावले परीक्षा उत्तीर्ण गर्ने आफ्नो एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै एएफपीलाई भनिन्। बेइजिङमा आफ्नो सन्तानको शैक्षिक भविष्यलाई लिएर चिन्तित आमाबाबुहरू परीक्षा केन्द्र वरिपरि भेला भएका थिए । भगवान्को प्रार्थना गर्न तत्पर भएझै उनीहरूका छोराछोरीले घुँडा टेकेका थिए परीक्षाकक्षमा प्रवे गर्नुअघि अनि आफ्नो भाग्य खुल्ने विश्वासमा टाउकोमा रातो वस्त्र चिह्न लगाएका थिए । एक विद्यार्थीकी चालीस वर्षकी आमा झाङ जिङले आफूलाई चिनियाँ लोककथाको पात्र बाई सुजेनसँग तुलना गरिन् । उनले आफ्नो छोराले यो परीक्षा पास नगरेसम्म उसकै अघिपछि आफू बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । ‘मेरो छोरो एकदम मनमौजी छ, ऊ भन्दा म आज धेरै नर्भस छु,’ छोरोको परीक्षाबाट पिरोलिएकी उनले भनिन् । उनले आफ्नो छोरालाई प्राथमिक विद्यालयदेखि हाईस्कूलको पहिलो वर्षसम्मको अध्ययन आफ्नै रेखदेख र निर्देशनमा भएको बताउँदै आजको परीक्षापछि पूर्ण रूपमा आराम गर्ने योजनाबारे जानकारी दिइन् । रासस