तयारी पोशाक उद्योग संघको अध्यक्षमा पाण्डे पुनः निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए । संघको निवर्तमान अध्यक्षमा चण्डिप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्त राज अधिकारी (हिमालयन कटन फेसन एण्ड इन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ्ग ई.प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।  साथै, कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेश मान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हीराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।

स्काइवर्थको दशैं–तिहार अफर : ४० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि योजना सार्वजनिक गरेको छ । ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशत सम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिदमा छुटको सुविधा पाउने व्यवस्था गरिएकोे छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ । स्काइवर्थका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीले भने, 'पर्व भनेको परिवारसँग खुसी बाँड्ने समय हो त्यसैले स्काइवर्थले यो खुसीमा अझै खुसी थप्न ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ विशेष छुट योजना ल्याएको र यो ४० प्रतिशत क्यासब्याकको साथमा आकर्षक उपहारले हाम्रा ग्राहकहरुमा पक्कै खुसी थपिने छ ।' यो योजना नेपालभर रहेका स्काइवर्थका सबै शोरुम तथा बिक्रीस्थलमा भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ ।

दशैं–तिहारमा सीजी इलेक्ट्रोनिक्सको अफर, १ लाख ८१ हजारसम्म क्यासब्याक र उपहार

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैं, तिहार र छठको अवसरमा सीजी इलेक्ट्रोनिक्सले नयाँ योजना सार्वजनिक गरेको छ । 'भित्र्याऔँ खुशी र समृद्धि – लेभल अप विथ सीजी' नाम दिइएको यस अभियानअन्तर्गत ग्राहकले विभिन्न उत्पादनमा आकर्षक क्यासब्याक, उपहार र थप सुविधाहरू पाउनेछन् । यस योजनाअन्तर्गत अत्याधुनिक सीजी तथा सीजी मेरीडिया सिग्नेचर सिरिजका उत्पादनमा १ लाख ८१ हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, उत्पादनअनुसार विशेष उपहारहरू पनि पाउन सकिनेछन् । माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक र टप लोड वाशिङ मेसिनमा ३ केजी एरियल, फ्रन्ट लोड वाशिङ मेसिनमा ६ केजी एरियल, डिस्वाशरमा डिस्वाशर ट्याब्लेट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सुविधा पाइनेछ । त्यस्तै, ४३ इन्च वा सोभन्दा माथिका सीजी र सीजी मेरीडिया टिभी खरिद गर्दा ९ महिनाको नेटटीभी सब्सक्रिप्सन निःशुल्क उपलब्ध हुनेछ । ग्राहकले आफ्ना पुराना उपकरण सीजी एक्स–इलेक्समार्फत उचित मूल्यमा एक्सचेन्ज गर्न सक्नेछन् । साथै, नागरिकता भएमा ० प्रतिशत ब्याजदरमा सजिलो इएमआइ सुविधा पनि पाउन सकिनेछ । सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधि अनुसार, दशैं–तिहार नेपालीहरूको मात्र पर्व नभई खुशी र समृद्धिको प्रतीक भएकाले यस अभियानमार्फत नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको हो । ४० वर्षभन्दा बढी समयदेखि उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र सेवा मार्फत लाखौं ग्राहकको विश्वास जितेको छ । देशभर २० वटा आधुनिक शोरुम, २५ वटा आफ्नै सेवा केन्द्र र १५ वटा फ्रेन्चाइज सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा दिँदै आएको कम्पनीले आफ्नो सञ्जाललाई गुणस्तर र विश्वासको प्रतीक बनाएको छ । यो अफर भदौ १८ गतेदेखि नेपालभरका सबै सीजी शोरुम र अधिकृत बिक्रेतामार्फत सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।