पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ८१ करोड घाटा हुने अनुमान

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१ गते) बसेको बैठकले सोमबार (भदौ १ गते) देखि लागू हुने गरी इन्धनको हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो । 

मूल्य यथावत् राखिए पनि निगमलाई पाक्षिक (१५ दिन) रूपमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने जनाइएको छ । यसअघि निगमले साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो । 

हाल कायम मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वर्गीकरण अनुसार फरक–फरक तोकिएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ रहेको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा विभाजन गरी मूल्य समायोजन गर्दै आएको छ ।

Share News