मध्यवर्ती वनको अवरोध हटाएर मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइने

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवाद तत्काल सुल्झाएर निर्माण कार्य अघि बढाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उक्त क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लामो समयदेखि चर्चामा रहेको मयुरधाप औद्योगिक क्षेत्र अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । उक्त क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्रमा पर्ने भएकाले कानुनी तथा व्यावहारिक समस्या उत्पन्न भई योजना अगाडि बढ्न सकेको थिएन ।

मन्त्री यादवले सरोकारवाला निकायसँग समन्वय गरेर देखिएका अवरोधहरू छिट्टै समाधान गरिने र औद्योगिक क्षेत्र निर्माणलाई गति दिइने बताए । उनले औद्योगिक विकासका लागि यो क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै ढिलाइ नगरी काम अघि बढाइने स्पष्ट पारे । 

Share News