आजदेखि काठमाडौं–कोलम्बो सिधा उडान
काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ। एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको हो । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ। उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ। भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन। नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ। हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ। क्यानले पहिलो चरणमा मंगलबार र शनिबार २ उडान गर्ने गरी एयरबस ३३३, ३२१ र ३२० विमानमध्ये कुनै एक विमानलाई उडान अनुमति दिएको हो । सो एयरलाइन्सले श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फउ प्रस्थान गर्ने तालिका रहेको छ ।
सवा घन्टा काठमाडौंको आकाशमै घुमिरह्यो चीनबाट आएको जहाज
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ । सोमबार बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ । मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए । “जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो”, उनले भने । काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ । विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ । यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो । देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलरबारदेखि काठमाडौं कोलम्बो सीधा उडान
काठमाडौं । मंगलबारदेखि काठमाडौं–कोलम्बो सीधा उडान हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले श्रीलंकन एयरलाइन्सलाई सातामा २ पटक उडान अनुमतिसगै कोलम्बो उडान सुचारु हुने भएको हो । पहिलो पटक श्रीलंकन एयरलाइन्सले नेपालमा हवाई उडान भर्नका लागि अनुमति प्राप्त गरेको छ । क्यानले पहिलो चरणमा मंगलबार र शनिबार २ उडान गर्ने गरी एयरबस ३३३, ३२१ र ३२० विमानमध्ये कुनै एक विमानलाई उडान अनुमति दिएको हो । क्यानका अनुसार श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फउ प्रस्थान गर्ने तालिका रहेको छ ।