अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा नआएको भन्दै वायुसेवा सञ्चालकले हटाए फेसशिल्ड

<p>काठमाडौं । वायुसेवा सञ्चालकले फेसशिल्डको अनिवार्य प्रयोग हटाउने भएका छन् । वायुसेवा सञ्चालक संघले मंगलबार एक सूचना जारी गर्दै सेप्टेम्बर १ अर्थात भोलीबाट अनिवार्य गरिएको फेसशिल्ड हटाउने जनाएको हो । अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा नआएको र पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएपछि हटाउने निर्णय भएको संघले जनाएको छ । ‘पछिल्ला दिनमा धेरै अनुसन्धान र व्यवहारिक [&hellip;]</p>

काठमाडौं । वायुसेवा सञ्चालकले फेसशिल्डको अनिवार्य प्रयोग हटाउने भएका छन् । वायुसेवा सञ्चालक संघले मंगलबार एक सूचना जारी गर्दै सेप्टेम्बर १ अर्थात भोलीबाट अनिवार्य गरिएको फेसशिल्ड हटाउने जनाएको हो ।

अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा नआएको र पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएपछि हटाउने निर्णय भएको संघले जनाएको छ ।

‘पछिल्ला दिनमा धेरै अनुसन्धान र व्यवहारिक प्रयोगपछि राम्रोसँग सुरक्षित तवरले मास्क लगाएको खण्डमा पूर्ण सुरक्षित हुन्छ भन्ने पुष्टि भइसकेको छ । संसारमा अन्य कुनै पनि वायुसेवाहरुले फेसशिल्ड अनिवार्र्य गरेको पाइएको छैन’, संघले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली यात्रुहरुलाई मास्कसगैँ फेसशिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेसशिल्ड विमानस्थलमा जथाभावी रुपमा फाल्दा असुरक्षित सगैँ पर्यावरणीय समस्मा देखिएको छ । विभिन्न कारणले यसअघि अनिवार्य गरिएको फेसशिल्ड हटाउने निर्णय भएको हो ।’

सुरुवाती चरणमा प्रति पिस ५० रुपैयाँ

कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा मास्क सहित फेसशिल्डको समेत अभाव देखिएको थियो । लामो समयको बन्दाबन्दीपछि सुचारु भएको हवाई उडानलाई संक्रमणरहित गर्ने भन्दै वायुसेवा सञ्चालकहरुले आफूखुशी फेसशिल्डको प्रयोगमा ल्याएका थिए ।

सुरुवाती चरणमा प्रति पिस फेस प्याकको मूल्य नै ५० रुपैयाँ रहेको थियो । बन्दाबन्दीपछि सुचारु भएको आन्तरिक उडानका यात्रुलाई संक्रमणरहित उडान गर्न भन्दै फेसशिल्डको प्रयोग बुद्ध एयरले सुरु गरेको थियो ।

बुद्ध एयर पछि आन्तरिक रुपमा उडान गर्ने वायुसेवा कम्पनीले अनिवार्य रुपमा प्रयोगमा ल्याएका थिए ।

Share News