काठमाडौं । पर्यटन विभागबाट शरद ऋतुमा हिमाल आरोहणका लागि चार समूहका ५२ आरोहीले आरोहण अनुमति लिएका छन् । गोरखा जिल्लामा रहेको ८ हजार १६३ मिटर उचाईमा रहेको मनास्लु आरोहण गर्न ४ समूहका ४३ पुरुष र ९ महिलाले आरोहण अनुमति लिएका हुन ।
विभागका अनुसार मंगलबार र बुधबार २÷२ समूहका आरोहीले आरोहण अनुमति लिएका हुन । चार समूहका आरोहीलाई आरोहण अनुमतिबाट विभागले ५६ लाख बढी राजश्व संकलन गरेको छ ।
कोरोना महामारीका कारण नेपालले विदेशीलाई हिमाल आरोहण वा पदयात्रामा जानुअघि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनिवार्य गरेको छ । यस्तै, नेपाल आउनुअघि विदेशीले ७२ घन्टाको पीसीआर गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।
गत वर्ष शरदयाममा विभागले ६ हजारदेखि ८ हजार माथिका ७ वटा हिमालका लागि ५८ जनालाई अनुमति दिएको थियो । जसमा ९ जना नेपाली थिए ।