बलेवामा प्याराग्लाइडिङः संरचना छ, उडान छैन

फाइल फोटो बलेवा । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन सकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएको जानकारी दिए । पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने जनाउँदै प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो । मन्त्रालयको पर्यटन महाशाखाले सरोकारवालाको बैठक राखेर प्याराग्लाइडिङ सञ्चालन हुने जनाउँदै पूर्वाधार निर्माणको काम लगाएको थियो । यसपछि पश्चात् यहाँ प्याराग्लाइडिङ हुने/नहुने भन्ने विषय अन्योलमा छ । २०७५ सालमा गरिएको बलेवा महोत्सवका समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको थियो । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउदा विस्थापन हुने प्याराग्लाइडिङको बलेवामा व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ, ‘तर विमानस्थल सञ्चालन र पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने नहुने विषय नै विचाराधीन रहेकाले यहाँ तत्काल व्यवसायिक उडानको सम्भावना कम छ ।’ तयार भएका संरचना निजी कम्पनीले अनुमति लिएर सुरु गर्न चाहेमा काम गर्न सकिने प्रमुख पौडेलले जानकारी दिए । बलेवामा प्याराग्लाइडिङको सम्भावना देखेकाले नै पूर्वाधार निर्माण भएको पौडेलले बताए । ‘पोखराको प्याराग्लाइडिङ विस्थापन नगरेरै विमानस्थल चलाउन सकिन्छ भन्ने विषयमा छलफल चलेको जानकारीमा आएका छन्,’ उनले भने, ‘यदि पोखरामा दुबै सम्भव हुँदा यहाँ नयाँ व्यावसायिक कम्पनीले उडान गर्न सक्छन् ।’’ उनले नागरिक उड्ड्यन र पर्यटन मन्त्रालयले टङ्ंगो लगाए बलेवामा नयाँ हिसाबले प्याराग्लाइडिङ चलाउन सकिने जानकारी दिए । यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त भएको प्यारापाइलट बताउछन् । प्रदेश सरकारले यसअघि परीक्षण सफल भइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई विकल्पको रुपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पाँचवटै स्थानमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि भने पहल भएका छैनन् । ‘आइकाओको मान्यताअनुसार पोखरामा विमानस्थल सञ्चालनमा आउदा प्याराग्लाइडिङ विस्थापन हुन्छ, मन्त्रालय र महाशाखाले पूर्व तयारी गरेको हो,’ पर्यटन महाशाखाका प्रमुख दुर्गा श्रीषले भने ,‘अहिले नै प्रयोगमा नआएको भए पनि तयार भएका संरचना प्रयोगमा आउछन् ।’ मन्त्रालयले सबै संरचनाको विषयमा जानकारी राखेको श्रीषले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्ने गरी तयार पारिएका संरचना रहेको स्थान एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्लाको मुकाममाथि शयर गर्न सकिने र सहासिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको सरोकारवाला बताउछन् । रासस

निगमलाई खतराजन्य पदार्थ बोक्ने अनुमति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाइ अन्तर्राष्ट्रिय उडानमा डेन्जरस गुड्स (खतराजन्य पदार्थ) बोक्ने अनुमति दिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई खतराजन्य पदार्थको आयत तथा निर्यातको अनुमति दिएका हुन । निगमले खतराजन्य पदार्थ बोक्ने अनुमति पाएसँगै नेपालका व्यवसायीले अन्य वायुसेवा कम्पनी मार्फत कार्गाे ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो । प्राधिकरणको फलाइट सेफ्टी स्ट्याण्डर विभागका अनुसार, नेपाली वायुयान (जहाज) तर्फ खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति पाउने निगम पहिलो वायुसेवा कम्पती भएको छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले मानव स्वास्थ्य तथा शुरक्षालाई असर पु¥याउने ९ प्रकार (ज्वलशील ग्यास, तरल पदार्थ, ठोस पदार्थ, अक्सीडाइजिङ, विषाक्त तथा संक्रामक, रेडियोधर्मी लगायत) का खतराजन्य पदार्थको वर्गिकरण गरेको छ । आइकाओले वर्गिकरण गरेमध्येबाट क्यानले निगमलाइ ९ र ७ नम्बर अन्तरगत मेडिकलतर्फ एक्स–रे मेशिनसँग सम्बन्धित रेडियो फर्मास्युटीकल सामान र ल्यापटप, मोबाइलमा प्रयोग हुने लिथियम–आयन ब्याट्री लगायत खतराजन्य पदार्थ (आयत निर्यातको मात्रै) अनुमति दिएको हो । यसअघि निगमले खतराजन्य पदार्थको आयातका लागि क्यानबाट अनुमति लिएर आयात तथा निर्यात गर्दै आएको थियो । स्थाई रुपमा नै निगमले खतराजन्य पदार्थको आयात गर्न बाटो खुलेको निगमका कार्यकारी अध्यक्ष अधिकारीले बताए । उनले निगमले अनुमति पाएसँगै निगमको भ्यालु एडमा समेत सहयोग पुग्ने उनले बताए । निगमका कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहालले खतराजन्य पदार्थको आयात तथा निर्यातको अनुमति पाएसँगै नेपाली व्यवसायीलाई कार्गाे उडानका लागि अन्य वायुसेवाका जहाज खोज्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सलाइमात्रै खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति दिएको थियो ।

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो । विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका छन् । गन्तव्यमा समयमै पुग्नु पर्ने यात्रुहरु विमान ढिलो हुँदा समस्या भएको गुनासो गरेका छन् । जहाज एक/दुई घण्टा नै ढिलो हुँदा उनीहरु अलपत्र अवस्थामा परेका हुन् ।