एक्सपाइरी डेट भएका २ सयका रिचार्जमा एनटीसीले थप्यो समय

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले रिचार्ज कार्डको समयावधि (एक्सपाइरी डेट) बढाएको छ । कम्पनीले नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भएता पनि सिस्टमबाट थप गरिएको जनाएको छ । कम्पनीका अनुसार २ सय रुपैयाँ मूल्य भएका नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भइसकेको छ । तर, उक्त रिचार्ज कार्डहरूको समयावधि कम्पनीको सिस्टमबाटै थप गरिएको कम्पनीले जनाएको हो । थप गरिएको समयसम्ममा उक्त रिचार्ज कार्डहरू प्रयोगमा ल्याई यस कम्पनीको सेवाहरू रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार १११७०१००८२०४७००१ देखि १११७०१००८२०६०००० सम्म, १११६०८०३२४१२०२०१ देखि १११६०८०३२४२००००० सम्म, १११६०६००५०२००००१ देखि १११६०६००५०२२००००सम्म, १११६०६००५०२४१२०१ देखि १११६०६००५०२५०००० सम्म, १११६०६००५०२५०६०१ देखि १११६०६००५०२५६००० सम्म, १११६०६००५०२५७६०१ देखि १११६०६००५०२६०००० सम्म, १११६०६००५०३२६८०१ देखि १११६०६००५०३४०००० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको समयावधि थप गरिएको हो ।  यस्तै, १११७०१००९१८०१००१ देखि १११७०१००९१८२०००० सम्म, १११७०१००९१८४०००१ देखि १११७०१००९२३००००० सम्म, ११२१०५००१०२६८६०१ देखि ११२१०५००१०२८०००० सम्म, ११२१०५००१०२४७४०१ देखि ११२१०५००१०२६८४०० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।

एससीटी यूनीयनपे कार्डबाट मोबाइल वालेटमा सजिलै रकम लोड गर्न सकिने

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले अब आफ्नो यूनीयनपे कार्डबाट नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने सेवा सुरु गरेको छ । एससीटीले जारी गरेको सूचनाअनुसार, यस सुविधा मार्फत ग्राहकहरूले इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा आफ्नो यूनीयन पे कार्डबाट सिधै रकम पठाउन सक्नेछन् । यो सेवा नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध सम्पूर्ण वालेट र मर्चेन्ट एप्लिकेशनहरूमार्फत उपलब्ध हुनेछ। नयाँ सुविधा मार्फत ग्राहकहरूले अब पीओएस मात्र होइन, डिजिटल वालेटमार्फत इ(कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद र अन्य डिजिटल भुक्तानीहरू अझ सहज तरिकाले गर्न सक्नेछन् ।

डिशहोम र इला होटल एण्ड रिसोर्ट्सबीच साझेदारी, ग्राहकलाई सुविधा

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गर्दै ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने भएको छ । आईएमई हस्पिटालिटीद्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँगको यस साझेदारीपछि सक्रिय डिशहोम प्रयोगकर्ताले फूड एण्ड बेभरेज तथा आवास सेवामा १५ प्रतिशत स्थिर छुट पाउनेछन् । हाल इला होटल एण्ड रिसोर्ट्सले देशभर तीनवटा उत्कृष्ट होटल सञ्चालन गर्दै आएको छ । मौलाकालीस्थित इला होटल एण्ड रिसोर्ट, बागलुङस्थित आइटा कम्फर्ट होटल र गैँडाकोट–१२, हरकपुरस्थित इला कम्फर्ट । उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि परिचित यी आउटलेटहरूमा डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने अवसर पाउनेछन् । यो अफर केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध हुनेछ । एप डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गरेपछि, होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न सकिन्छ । ग्राहकहरूले कार्ड देखाएर वा बुकिङ गर्दा कार्ड उल्लेख गरी छुट प्राप्त गर्न सक्नेछन् । साझेदारीलाई औपचारिकता दिने क्रममा इला होटल एण्ड रिसोर्ट्सका सीईओ प्रशन्न अधिकारी र डिशहोमका चिफ, न्यू प्रोडक्ट डेभलपमेन्ट एण्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डिशहोमका सीईओ तारा मानन्धरले यस साझेदारीले ग्राहकहरूको जीवनशैलीमा थप मूल्य थप्ने र नेपालभरका उत्कृष्ट आतिथ्य सेवामा पहुँच विस्तार गर्ने बताएका छन् । डिशहोमले सुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइलका क्षेत्रमा विशेष छुट र सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको जनाएको छ ।