चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि १ मा प्रशारण हुँदै
काठमाडौं । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ ले लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन । ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालनमार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीच ‘कामना सेवा फुटसल प्रतियाेगिता’ हुने
काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवर्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक विश्वेश्वर सुवेदीले बताए । बैंककाे अनुसार सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइने बैंकले जनाएको छ ।
खेलकुलमन्त्री अथकले खेलाडीलाई भनेः स्व. प्रकाश दाहाल जस्तै जुझारु हुनुस्
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन् । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन । स्व. प्रकाश दाहालको स्मृतीमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको ब्यक्तित्वबाट आफु निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ देखाएको स्मरण गर्दै मन्त्री अथकले नेपाली खेलक्षेत्रको विकासमा दाहालको भुमिकाको खुलेर प्रशंसा गरेका हुन । दाहालको ब्यक्तित्वसँग मिल्ने खालको खेल संचालन गरेको प्रति खुसी ब्यक्त गर्दै उनले भने, “बक्सिङ बहादुरहरुको खेल हो, स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए ।” फरक प्रसंगमा बोल्दै मन्त्री अथकले समग्र खेलक्षेत्रको विकासकालागि आफु चिन्तित रहेको बताए । खेल क्षेत्रको विकासमा अबरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै त्यसखालको प्रवृत्तिलाई हाटाउँदै अगाडी बढ्न आफु प्रतिवद्ध रहेको समेत उनले स्पष्ट पारे । नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदमा आगामी मंसिर ३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको सोमबार एक औपचारीक कार्यक्रमका बिच मन्त्री अथकले उद्घाटन गरेका हुन ।