क्रोएसियाविरुद्ध इंग्ल्यान्डको शानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि शानदार जित हासिल गरेको छ । 

अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को शानदार जित निकालेको हो ।

खेलमा जित निकालेसँगै इंग्ल्याण्डले क्रोएसियासँगको पुरानो हिसाब समेत चुक्ता गरेको छ ।

कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरी गोल फर्काए । 

केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए । 

पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै क्रोएसियालाई २-२ को बराबरी अवस्थामा ल्याए ।

खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । 

मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए । 

खेलमा जित हासिल गरेसँगै इंग्ल्यान्डले तीन अंक जोडेको छ ।

Share News