लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा, भाेलि यूएईसँग खेल्ने
काठमाडौं । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार क्यानडालाई ८विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन वटै म्याच जितेको छ । नेपालले अब सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल मंगलबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । सो खेल जित्ने टोलीले यही अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा सहभागी हुने अवसर पाउनेछ ।
फिलिपिन्सविरुद्द नेपालको सानदार जित, अंक तालिकाको शिर्ष स्थानमा
काठमाडाैं । आईसीसी विश्वकप अन्तर्गत शनिबार भएकाे खेलमा नेपाल फिलिपिन्सविरुद्द १३६ रनले विजयी भएकाे छ । ओमानमा जारी आईसीसी विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालकाे याे लगातार दोस्रो जित हाे । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । आजको जितसँगै नेपाल अंकतालिकाको समूह बी अन्तगर्तको शिर्ष स्थानमा छ ।
कुशलको शतकको साहयताले नेपालले फिलिपिन्सलाई दियो २१९ रनको विशाल लक्ष्य
काठमाडाैं । कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ । ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।