मेरो डेका ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई ३ लाई स्वर्ण
काठमाडौं । मेरो डेकाले आयोजन गरेको ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालको ३ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रथम स्थान हासिल गरेका छन् । मलेसियाले आयोजना गरेको उक्त प्रतियोगितामा ७ वर्ष मुनिको उमेर समूहमा सम्भव बम ठकुरी, १० वर्ष मुनिको उमेर समूहमा गह्याल्मो सोमिका लामा र १७ वर्ष मुनिमा धेजेन डाेल्मा तामाङले पहिलले स्थान हासिल गरेका हुन् । यस्तै साेही प्रतियाेगितामा १० वर्ष मुनिको उमेर समूहमा युशुप्ना बम ठकुरी दास्रो भएकी छिन् । भर्चुअल रुपमा सम्पन्न भएकाे उक्त प्रतियोगितामा नेपालको तर्फबाट १० जना सहभागी भएका थिए । प्रतियोगितमा २५ वटा देशले सहभागिता जनाएको थियो ।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ
काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरेका थिए । नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सबैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रबन्धक विनोद दासले आइएमई ग्रुप र सलाम एयरले यात्राकाे लागि गरेकाे सहयोगले आफु र आफ्नो टीमलाई हौसला मिलेकाे बताए । ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो । यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छ । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) साेमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेका हुन । क्यानले खुल्ला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । उक्त नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । उनले पुरस्कार स्वरूप नगद १ लाख हात पारेका छन् । नेपाली टोलीले उक्त नयाँ जर्सी ओमान भ्रमणमा प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ । भदौ २८ देखि असोज ४ गतेसम्म नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आयोजना हुनेछ ।