सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट शुरु

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता समुद्घाटन भएको छ । काठमाडौँ उपत्यकाका १७ विद्यालयहरु र काभ्रे जिल्लाबाट नेपाल पुलिस स्कुल, साँगा एक गरी जम्मा १८ वटा विद्यालयहरुले यस प्रतियोगितामा भाग लिएका छन्। लीग कम नकआउट आधारमा सञ्चालन गरिने उक्त प्रतियोगिता विद्यालयका प्रधानाचार्य युवराज पराजुली र विद्यालय समादेशक स.प्र.ना.उ. लक्ष्मी थपलियाबाट संयुक्त रुपमा उद्घाटन गरी खेलको शुभारम्भ गरिएको थियो । उक्त समारोहमा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापकले सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । आज भएको उद्घाटन खेलमा आयोजक नेपाल एपिएफ स्कुलले हारति शिक्षा मन्दिर विद्यालयलाई ७-० गोल अन्तरले पराजित गरेको छ। जसमा नेपाल एपीएफ स्कुलका अविन वस्यालले – १, रोहित गोले – १, तेन्जिङ्ग शेर्पा – २, डम्बर वि.क. – १, विवेक पश्चिमा थारुले – १ गोल गरेका थिए भने – १ आत्मघाति गोल समेत भएको थियो। आजै सम्पन्न भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई १२ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा सैनिक आवासीय महाविद्यालयको तर्फबाट उज्जवल राई – ५, अफ्रेज अलि -३, दिपेश दुर्जन – १, कृष्ण थापा – १, अनुभव पुरी – १ र दक्ष लामाले – १ गोल गरेका थिए । त्यसैगरी भोली २६ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको आयोजकले जनाएको छ । १. ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ध डि.ए.भि. स्कुल २. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध ब्लुम नेपाल स्कुल

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा देशाई नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । देशाई एक साताअघि नै नेपाल बोलाइएको थियो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि मात्र आज देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ । यसअघि देशाईले सन् २०१७ मा नेपाली यु-१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट समालेका थियो । त्यसअघि उनले सन् २०१४ को आइसिसी टि ट्वान्टी विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थियो । त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थियो । उनले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गरेका थिए । यसअघि क्यानले मुख्य प्रशिक्षको लागि आवेदन खुला गरेको थियो । जसमा २४ जनाले प्रशिक्षकमा आवेदन दिएका थिए । त्यसमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो । यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो । घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ । जसमा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिने छन् । नेपाल स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि सुरु हुनेछ । रासस

डीएभी कलेजको फुटसल प्रतियोगिता सम्पन्न, विजेताले पाए ३ लाख

काठमाडौं । डिएभी कलेजको अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । डिएभी कलेजले आयोजना गरेको फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । डिएभी कलेजले आयोजना गरेको चौँथो डिएभी कलेज अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता २० गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा गरिएको थियो । कलेजको आफ्नै फुटसल मैदानमा ३२ कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि ‘नेपाल तरुण दलका भूपू सभापति तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले समुद्घाटन गरेका थिए । उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा एन्फाका महासचिव किरण राई, नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भिमसेन गुरूङ्, एन्फा अनुशासन कमिटिका सदस्य  हेमराज राई, राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक तथा थ्रिस्टार क्लबका प्रशिक्षक मेघराज के.सी र जावलाखेल युवा क्लब तथा ललितपुर जिल्लाका फुटबल प्रशिक्षक नरेश थापाको उपस्थिति थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठुलो प्रतियोगिता भएको दाबी कलेजका डाइरेक्टर सुमन बस्नेतले गरे । साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया तथा कलेजका डाइरेक्टर सुमन बस्नेतले संयुक्त रूपमा ट्रफी र प्रमाणपत्र वितरण गरे । विजेता टिम विनायक सि फो यसएनजेएच द्ध कलेज लाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम ओरियन्ट कलेज लाई २ लाख नगद रुपैयाँ, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी टाइम्स इन्टरनेशनल कलेजका अनिस तामाङ, उत्कृष्ट गोलरक्षक विनायक सिद्ध कलेजका अभिषेक तामाङ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका लाक्पा तामाङलाई नगद १५ हजार रुपैयाँ व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।