नेपालको नामिबियाविरुद्ध ऐतिहासिक जित, कुशलको शतक
काठमाडौं । नेपालले आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नामिबियालाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । मंगलबार त्रिभुवन क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालले नामेबियालाई २ विकेले पराजित गरेको हो । जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टाएको छ । नेपालले पहिलो पटक नामेबियालाई हराउँदै ऐतिहासिक जित कायम गरेको हो । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल जितेको हो । नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।
द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने, विजेतालाई ५० हजार
काठमाडौं । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ । टिबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । ब्रिटिस कलेजकैबास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा खेलाइनेछ ।उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् । बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ ।
माइपे वालेटबाट आईसीसी विश्वकप लिग २ को टिकट सस्तोमा किन्न सकिने
काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्था समेत गरेको छ । खेल आउँदो फागुन २ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ । क्यानले सामान्य टिकटको मूल्य १५० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३५० रुपैयाँ निर्धारण गरेकोमा माइपेमार्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य १३० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३२० रुपैयाँ रहेको छ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ । माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आग्रह गरेको छ ।