क्रिकेटर शरद भेषवाकरद्धारा राईजिङ पोखरा एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार एक समारोहका बीच भेष्वाकारले हस्तान्तरण गरे । भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् । क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमीको स्थापना एक बर्ष अगाडि भएको हो । वृज सिमेन्ट केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । सिमेन्ट उद्योग भैरहवा–लुम्विनीमा छ । उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।

‘एभरेष्ट प्रिमियर लिग टी-२०’को उपाधि विराटनगर वारियर्सलाई

काठमाडौं । “एभरेष्ट प्रिमियर लिग टी-२०” क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधि विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले जितसँगै ट्रफी र नगद २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्त प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हातपारेका छन् ।उक्त प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए । कीर्तिपुरस्थित त्रि.वि.क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचको फाईनल खेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित हातपारी उपाधि कब्जा गर्न सफल भएको हो । एनआईसी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशकालागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकाशकालागी यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको, साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनिय योगदान गर्दै अगाडी बढने लक्ष्य लिएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत, स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पुर्याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ । साथै, दैवीप्रकोपबाट प्रभावित जनतालाई राहत वितरण, ऐतिहासिक एवम् सांस्कृतिक महत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमा उदाहरणीय रूपमा सहयोग गरेको छ ।

आफ्नै मैदानमा रियल मड्रिडको लज्जास्पद पराजय

काठमाडौं । स्पेनिस पावर हाउस रियल मड्रिड आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको छ । पहिलो हाफ बराबरीमा रोकिएको मड्रिडले दोश्रो हाफमा ३ गोल खाएको हो । ५४ औं मिनेटमा सुआरेजले बार्सीलोनाका लागि पहिलो गोल गरेका थिए भने ६० औं मिनेटमा बार्सीलोनाले पेनाल्टी पायो । मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । पेनाल्टीसँगै १० खेलाडीमा सिमि तबनेको रियलले इन्जुरी समयमा फेरी एक गोल खायो । बार्सीलोनाका लागि भिडालले तेश्रो गोल गरे । रियल मड्रिड लगातार तेश्रो पटक आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको हो ।