‘अब पैसाको लागि टाउको बेच्दिन’: नेइमार जुनियर

काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेइमार जुनियरले फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन (पिएजी) नछोड्ने बताएका छन् । किर्तिमानी मूल्यमा रियल म्याड्रिड जाने हल्ला चलेपछि नेइमारले पिएसजी नछोड्ने बताएका हुन् । म्यड्रिडले क्रिष्टियानो रोनाल्डो बेचेपछि नेइमार किन्ने तयारी गरेको थियो । उनका लागि रियलले किर्तिमानी ३१० मिलयन युरो प्रस्ताव समेत गर्ने तयारी गरेको थियो तर नेइमारले सबै कुरा झुटो भएको दाबी गरेका छन् । नेइमारले फक्स स्पोर्टसँग कुरा गर्दै भनेका छन् -‘मेरो पिएसजी छोड्ने कुनै प्लान छैन किनकी मसँग अझै ४ वर्षको सम्झौता रहेको छ । जति कुरा बाहिर आयो त्यसमा सत्यता छैन यो सबै मिडियाको हो-हल्ला मात्र हो । चुनौतिहरु अझै बाँकी छन्, मैले उच्च गोलकर्ताको रुपमा आफ्नो नाम लेखाउनु छ । म अब टाउको फेर्न सक्दिन चाहे जुनकुनै वस्तुसँग, मलाई विश्वास छ, यो सिजन मेरो निकै सफल सिजन हुनेछ । मैले यो भनिरहदाँ पिएसजीका मिडियाहरु रमाइरहेका छन् । यो कुरा सबैलाई थाहा छ म पिएसजीप्रति कति गम्भिर छु ।’ उनले थपेका छन् -‘भर्खरै विश्वकप जितेर आएका केलियन एम्बाप्पेलाई बधाई दिन चाहान्छु । जो सर्वोकृष्ट युवा खेलाडी बनिसकेका छन् । उनीसँग म प्रत्येक दिन भेट्दा उनमा नयाँ क्षमता म देख्ने गर्छु । नेइमार २२२ मिलियन युरोमा एक वर्षअछि पिएजी गएका थिए ।’

१९ वर्षमै विश्वकप ट्रफी उचालेका एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढ्यो, चुनौति दिदैं पाउलो डिबाला

काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले निकालेको प्रतिवेदन अनुसार सन् २०१७ एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढेको हो । पिएसजीबाट व्यवसायीक खेल खेल्दै आएका एम्बाप्पे विश्व सर्वोकृष्ट खेलाडी घोषणा भैसकेका छन् । दोस्रो नम्बरमा मोहोम्मद साला परेका छन् । उनको मूल्य २७ मिलियनबाट बढेर १५० मिलियन पुगेको छ । तेस्रो नम्बरमा ह्यारी केन पर्दा चौथो नम्बरमा बेल्जियमका केभिन डे ब्रुने परेका छन् । पाचौं नम्बरमा ब्राजिलका फिलिपे कौटिन्हो, छैंटौमा क्रोयोसियाका साभिक सातौंमा नेइमार जुनियर, आठौंमा डेलि अलि नावौं स्थानमा अर्जेन्टिनाका पाउलो डिबाला रहँदा दशौं स्थानमा ग्रबियल जिसस परेका छन् । २४ वर्षिया पाउलो डिबालाको मूल्य १६ देखि ७० मिलियन युरो बढाएकाे छ । उनी एम्बाप्पेपछिको मूल्य बढ्नेमा दोस्रो कान्छो खेलाडी हुन् । यसैगरी आफ्नो मूल्य बढाउनेहरुमा लियोनल मेसि, रार्सफोर्ड, इडेन हाजार्ड, माउरो इकार्डी, थोमस लेमार, लाउरे साने, रोमेलु लुकाकु, मार्को एसेन्सियो र ओसामाने डेम्बेले रहेका छन् ।

ब्राजिलमा हुने कोपा अमेरिका जित्न मेसी र गर्डिवाला चाहिन्छ: अर्जेन्टिना फुटबल एशोसियसन

काठमाडौं । अर्जेन्टिना फुटबल एशोसियसनले प्रशिक्षक जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।एशोसियसनले प्रशिक्षकको लागि पहिलो प्रथमिकतामा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवालालाई राखेको छ । एशोसियसनले लियोनल मेसिको सम्बन्ध गर्डिवासँग राम्रो रहेको बताउँदै उनलाई प्रशिक्षक बनाउन प्रयास थालेको छ । मेसि र गर्डिवालाले बार्सिलोनामा ४ वर्ष सँगै बिताएका थिए । उनीहरुबिचको सम्बन्ध अझै पनि उत्कृष्ट रहेको छ । गर्डिवालालाई प्रशिक्षक बनाउन अर्जेन्टिनालाई सजिलो छैन । उनी सिटीमा उच्च सुविधाकासाथ आक्रामक फुटबल खेलाइरहेका छन् । उनले सन् २०१७ १८ को प्रिमियर लिग समेत सिटीलाई जिताइसकेका छन् । उता एशोसियसनले भने पुरै शक्ति लगाएर गर्डिवालालाई प्रशिक्षक बनाउने तयारी थालेको छ । केहि समयअघि मात्रै गर्डिवालाले अर्जेन्टिानाका प्रशिक्षक बन्ने इच्छा प्रकट गरेको एशोसियसनले दाबी गरेको छ । कोपा अमेरिका सन् २०१९ मा ब्राजिलमा हुदैं छ । प्रतियोगितामा १२ देशले सहभागिता जनाउने छन् ।