स्विडेनविरुद्ध नेदरल्यान्डको शानदार जित

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा नेदरल्यान्डले स्विडेनविरुद्ध शानदार जित हासिल गरेको छ । 

नेदरल्यान्डले स्विडेनाई ५-१ ले पराजित गरेको हो । यससँगै उसले अन्तिम ३२ मा स्थान लगभग सुनिश्चित गरेको छ ।

नेदरल्यान्डका ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलको नाममा अर्को एक गोल रह्यो । स्विडेनका लागि गोल एन्थोनी एलाङ्गाले गरेका थिए ।

पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्डले दाेस्रो खेलमा  फराकिलो जित निकालेको हो । 

खेल सुरु भएसँगै डच टोलीले आफ्नो दबाब बढाएको थियो । 

यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । 

Share News