ब्रिटिश अल्फाबिटा कप २०१८मा ‘द ब्रिटिस कलेज’ विजयी

काठमाडौँ । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा ‘ब्रिटिश कलेज विजयी भएको छ । प्रतियोगिता ‘द ब्रिटिस कलेज’ र ‘अल्फाबिटा इन्सिट्युट प्राइभेट लिमिटेड’को संयुक्त आयोजनामा यही बैशाख १० र ११ गते धन्यन्तरी फुट्सल्, धुमबराहीमा भएको हो । उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एशोसियसन’ र ‘रेडबुल’ लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए । विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता‘ब्रिटिश कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टूर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिश कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् । प्रतियोगितामा बिजेता हुने टोलीलाई नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदान गरिएको थियो । टर्किस एअरलाइन्सका साहायक प्रवन्धक अब्दुल्ला ट्युन्सर केसीसीले पुरस्कार वितरण गरेका थिए ।

मेसीको कमाई रोनाल्डोको भन्दा ३२ मिलियन बढी, १ मिनेटको कमाई नै २५००० युरो

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी बनेका छन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियनो रानाल्डोलाई पछि पार्दै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी बनेका छन् । गत सिजन रोनाल्डोले मेसीभन्दा १०.५ मिलियन धेरै युरो लिएका थिए । यो सिजन भने मेसीले रोनताल्डो भन्दा ३२ मिलियन धेरै युरो लिएको फ्रान्स फुटबल म्यागेजिनले सार्वजनिक गरेको छ । अहिले मेसिको प्रतिमिनेट कमाई २५ हजार युरो रहेको छ । तेस्रो नम्बरमा रहेका सेन्ट पेरिस जर्मेनका खेलाडी नेइमार जुनियारले ८१.५ मिलियन युरो लिने गरेका छन् । यस्तै म्याड्रिडकै ग्यारेथ बेल ४ नम्बरमा परेका छन् । बेलले म्याड्रिडबाट वार्षिक ४४ मिलियन युरो लिदैं आएका छन् । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बार्षिक २९ मिलियन युरो लिदैं आएका छन् । यस्तैगरी प्रशिक्षक तर्फ भने म्यान्चेस्टर युनाइटेडका जोजे माउरिन्होले सबैभन्दा धेरै तबल लिने गरेका छन् । उनले युनाइटेडबाट बार्षिक २६ मिलियन युरो लिदैं आएका छन् । दोस्रो नम्बरमा चीनीयाँ क्लबका प्रशिक्षक मार्सेल्लो लिपी उनले २३ मिलियन युरो लिदैं आएका छन् त्यसैगरी बढि तलब लिने प्रशिक्षकको सुचिमा क्रमश तेस्रोमा एथ्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनी, चौथोमा रियल म्याड्रिडका जिनेदिन जिदान र पाँचौ स्थानमा म्यान्चेस्टर सिटीका पेप ग्वार्डिवाला रहेका छन् ।

आरोहण व्यटमिन्टन कप रविलाई, चाडै १ लाख नगद राशी भएकाे प्रदेश स्तरीय खेल सञ्चालन हुने

काठमाडौं । पूर्वाञ्चल स्तरीय आरोहण सप्तमी खुल्ला ब्याटमिन्टन कप–२०७५ मिक्लाजुङ गाँउपालिका–४, रविले हात पारेको छ । आरोहण क्लब मिक्लाजुङ गाँउपालिका १, सप्तमी बजारको आयोजनामा चैत २९ देखि शुरु भएको उक्त आरोहण सप्तमी कप ओपन ब्याटमिन्टन टुर्नामेन्ट मेन्स डबल्सको जित रविको टिममा रहेको जोसन श्रेष्ठ र प्रकाश राईले हात पारेका हुन् । आइतबार भएको फाइनल खेलमा फिदिमलाई कडा प्रतिस्पर्धाको माझ पछि पार्दै रविले विजय हात पारेको हो । विजयी टिमले पहिलो पुरस्कार नगद रू २२ हजार २२२ सहित ट्रफी तथा प्रमाणपत्रहरु प्राप्त गरेका छन् । त्यस्तै दोस्रो फिदिम र तेस्रो पुरस्कार इलाम जिल्लाले हात परेको क्लबले जनाएको छ । ती बिजयी टोलीहरुले समेत नगद, ट्रफी लगायत पुरस्कारहरु वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा संवोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले हालसम्म फुटबललाई मात्रै प्रथमिकता दिदै आएको भएता पनि अरु खेलहरुको समेत राम्रो सम्भावना रहेको बताए । ‘आगामी दिनमा गाँउपालिकाले खेलकुदको विकास गर्न ब्याटमिन्टन लगायका अन्य खेलहरुलाई पनि प्राथमिकतमा राखेर अघि बढ्ने छु,’ उनले भने । त्यस्तै क्लबका खेल संयोजक जंगबहादुर थापा मगरले समग्र गाँउपालिकाको खेल क्षेत्र विकास गर्न क्लबले आगामी दशै तिहारको अबसर परेर प्रदेश स्तरिय ब्याटमिन्टन टुर्नामेन्ट गर्ने बताए । ‘त्यसको लागि अन्य विधा थप्दै प्रथम हुनेलाई नगद १ लाख रुपैयाँको राशी प्रदान गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘सम्भवत यो नगद व्याटमिन्टन प्रतियोगिताको लागि ठूलोमध्येको एक हुनेछ ।’ क्लबको अनुसार सम्पन्न भएको खेलमा झापा, तेह्रथुम लगायत पुर्वाञ्चल क्षेत्रका २६ वटा टिम सहभागी थिए । खेल पाँचथर जिल्लाकै पहिलो निजी लगानीमा निर्माण भएको कब्बडहलमा भएको संयोजक मगरले जानकारी दिए ।