विश्वकप खेल्ने १० उत्कृष्ट जर्सी, नाइजेरिया पहिलो ब्राजिल र अर्जेन्टिना कति औं स्थानमा ?
काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा परेकाे छ । अनलाइन भोटिङको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै भोट नाइजेरियाको जर्सीले पाएको हो । कालो हरियो रंग मिसिएको सो जर्सी लोकप्रिय बनेको हो । यसैगरी गाढा निलो रंगमा रहेको फ्रान्सको जर्सी २ नम्बरमा परेको छ । रातो सेतो रंगको कोठा रहेको क्रोयोसियाको जर्सी ३ नम्बरमा परेको छ । चार पटककको विश्व विजेता जर्मनीको जर्सी चौथो स्थानमा परेको छ । सेतो कलरमा रहको इरानको जर्सी ५ नम्बरमा परेको छ । रातो कलरमा रहेको युरोकप विजेता पोर्चुगलको जर्सी छैंटौ नम्बरमा परेको छ । सेतो कलरमा रातो निलो कलर रहेको दक्षिण कोरियाको जर्सी ७ औं स्थानमा परेको छ । आकाशे र सेतो कलरको धर्को रहेको अर्जेन्टिनाको जर्सी ८ औं नम्बरमा परेको छ । सेतो र निलो रंगमा रहेको आइल्याण्डको जर्सी ९ औं स्थानमा परेको छ । ५ पटक विश्व विजेता बनेको ब्राजिलको पहेँलो रंगको जर्सी १० नम्बरमा परेको छ।
एलजीद्धारा मास्टर्स अफ फुटबल कार्यक्रम आयोजना
काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना ग्राहकहरुलाई पनि आमन्त्रित गरेको थियो । यहि अवसरमा त्यहाँ आमन्त्रित ग्राहकहरुले आफ्ना प्रिय खेलाडीसँग अर्न्तक्रिया पनि गरेको थिए र सँगै बसेर वर्ल्ड कपको क्लासिक म्याचेज पनि हेरेका थिए । वर्ल्ड कपसँग नेपालका लोकप्रिय खेलाडिलाई सम्झिएर उनीहरुलाई सम्मान गर्ने योजना रहेको छ । शो जस्तै कार्यक्रम एलजीले नेपाल अधिराज्य भरि गर्ने योजना रहेको छ ।
जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न, विजेतामा ४० जना छनोट
काठमाडौं । मण्डीखाटार टेनिस कोर्टमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतबार(६ गते)देखि शुरु भएको उक्त प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल ९३ खेलाडीहरूले भाग लिएका थिए । उक्त प्रतियोगिता आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न गरिएको छ । साताव्यापी प्रतियोगितामा १४ वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् । कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताएका छन् ।