नुवाकोट गोल्डकपको फाइनलमा नुवाकोट ११, विजेतालाई ६ लाख नगद
नुवाकाेट । नुवाकोट गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नुवाकोट ११ (१-०) गोलले बिजयी भएको छ । नुवाकोट ११ र नेपाल पुलिस क्लब बिचको खेलमा नुवाकोटको लागि बिदेशी खेलाडी रोमियोले ३९औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। दोश्रो हापमा कुनै पनि टिमले गोल गर्न नसक्दा नुवाकोट ११ ले फाइनलमा आफ्नो स्थान सुरक्षीत बनाएको हो । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल खेल संकटा क्लब र च्यासल युथ क्लब बिच भोलि हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ । फाइनलको लागि नुवाकोट ११ ले दोश्रो सेमिफाइनल खेल बिजेता टिम संग प्रतिस्पर्धा गर्नेछ । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । (नुवाकाेट सेराेफेेराेबाट)
नुवाकोट गोल्डकप जारी, आइतबार पुलिस र सशस्त्र भिड्दै
विदुर । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवमाथि संकटा क्लबले जित हासिल गरेकोछ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न खेलमा आर्मीमाथि २ गोल हानी २–० गोलको जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरिनु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दवाब कायम गरेपनि गोल गर्न भने सकेन । संकटाको लागि जर्सी नं १९ का लक्ष्मण रुचालले खेलको मध्यान्तर पछि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार संकटाको पोष्टमा आक्रमण गरेको आर्मीको प्रयास असफल भएको थियो । थप समयको तेस्रो मिनेटमा संकटाको लागि पुन रुचालले गोल गर्दै संकटाको जित निश्चित पारे । खेलमा २ गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।
मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी
काठमाडौं। शनिबार भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको हो। प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिब ६ सय बढी महिला तथा पुरुष खेलाडीहरू सहभागीता रहेको थियो। प्रतियोगिताको प्रमुख अतिथीमा एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखेको रहेका थिए।