सानिमा माई हाइड्रोपावरको २१ लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । सानिमा माई हाइड्रोपावरको २१ लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सोमबार मात्रै हाइड्रो सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो ।

चन्द्रागिरी हिल्सको १० प्रतिशत आईपीओ पारित

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १० प्रतिशत साधारण सेयर(आईपीओ) निश्कासन गर्ने विशेष प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको नवौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आगामी आर्थिक वर्ष भित्रमा १० प्रतिशत सेयर सर्बसाधारणलाई बिक्री गर्ने छ । साथै, उक्त सभाले संचालक समितिका सदस्यहरुको सर्बसम्मत चयन गरेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाकाे ४ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको साधारण सभाले बोनश शेयर तथा नगद लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशतले बोनश शेयर  जारी गर्ने र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी रु. ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारितसँगै आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु. ६७ करोड १४ लाख छ । हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।