नेपाल इन्स्योरेन्सलाई ६५ प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । सोमबार मात्रै बोर्डले कम्पनीको अनुमति बमोजिम ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । अब इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।
अधिकांश लघुवित्त र माइक्रोफाइनान्सको सेयर मूल्य बढ्यो, सर्पोटका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको बजारमा अधिकांश लघुवित्त तथा माइक्रोफाइनान्सको सेयर मूल्य बढेको छ । साे दिन कमाउने उत्कृष्ट १० कम्पनीमध्ये ५ वटा लघुवित्त र ३ वटा माइक्रोफाइनान्सको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशत बढी कमाएका छन् । सो दिन संस्थाको सेयर मूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ६९८ रुपैयाँ पुगेको छ । त्यसैगरी, माइक्रोफाइनान्समध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय ४.९८ र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३.९४ रुपैयाँले बढेको छ । त्यस्तै, माहुली सामुदायिकको ७.७४, सामुदायिकको ४.८५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४.३४, नयाँ नेपाल लघुवित्त विकास बैंकको ३.९५ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८२ प्रतिशतले बढेका छन् । समग्रमा सोमबारको बजार समान्य २.७९ अंकले बढेर ११६४.८९ अंकमा पुगको छ । सो दिन कुल १६५ कम्पनीको २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । सिभिल बैंकको प्रमोटर सेयर, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको हो ।
मेरो माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, चुक्ता पुँजी ६५ करोड नाघ्ने
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले फाइनान्सलाई चुक्ता पुँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । हकप्रद सेयर जारी गर्न अनुमति पाएसँगै सोमबारको बजारमा संस्थाको सेयर मूल्य उकालो लागेको छ । सो दिन संस्थाको सेयर मूल्य ३९ रुपैयाँले बढेर प्रतिकित्ता ११७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार संस्थाको प्रतिकित्ता ११३६ रुपैयाँबाट सेयर कारोबार शुरु भएको थियो ।