काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर २६६० बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सोपन फर्माको १७ करोड, युनाइटेड मोदीको ११ करोड ८२ लाख, सप्तकोशी डेभलपमेन्टको ११ करोड ४ लाख र साहस ऊर्जाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा खोला र यम्बलिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । भुजुङ हाइड्रोको सेयर मूल्य १४.६९ प्रतिशतले बढेको छ ।