आशा लघुवित्तको आइपीओ आजदेखि, एक हजारकै आवेदन गर्ने सुविधा

काठमाडौं । आशा लघुवित्तको आइपीओ आजबाट बिक्रि खुल्ला भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । जसमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैंयँकै आवेदन दिन सकिनेछ भने अधिकतम ३ हजार ३ सय ७० कत्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते निष्काशन बन्द हुनेछ । निष्काशित सेयरमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ । आशा लघु वित्त कम्पनीलाई प्रभु ग्रुपले प्रवद्र्धन गरिरहेको छ ।

शेयर बिक्रीमा अग्रिम रकम नलिनूः स्टक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दा समेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो । धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ, तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ । स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ । रासस

पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत

काठमाडौं । पोखरा फाइनान्सको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । फाइनान्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय पोखरामा रहेको यस फाइनान्सको हाल ८५ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १३३ रुपैयाँ रहेको छ । हालसम्म संस्थाको ८५ लाख ७२ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भइसकेको छ ।