९.३८ प्रतिशत बोनस पछि नागबेली लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको ९.३८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बुधबार मात्रै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६२८.०९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२३१.०५ रुपैयाँ तोकिएको छ ।

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, समितिको बैठकले उक्त सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१६ प्र्रतिशत अर्थात एक करोड २७ लाख ६४ हजार ०७७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कोषको चुक्ता पुँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।

रिलायन्स फाइनान्सले २ करोड १९ लाख रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीलाई २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख ५ हजार ६८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाको २.५० प्रतिशत अर्थात २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.१३ प्रतिशत अर्थात १० लाख ९५ हजार २८४ रुपैयाँ बराबरको सेयर नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव गत फागुन २६ गते बसेको संस्थाको २२२औँ सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गनुपर्ने छ । संस्थाको सभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् ।