एलआईसी नेपालको शेयर मूल्य समायोजन, प्रतिकित्ता एक हजार ४३२ रुपैयाँ

काठमाडौं । मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल) को शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको १२ प्रतिशत बोनसपछि शेयरको मूल्य समायोजन गरेकाे हो । समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १४३२ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २१०३.५७ रुपैयाँ रहेको छ । मंगलबारको बजारमा इन्स्योरेन्सको शेयर मूल्य बढेर प्रतिकित्ता १४६० रुपैयाँसम्म कारोबार भएको छ । करिब साढे २ बजेसम्म इन्स्योरेन्सको शेयर प्रतिकित्ता १७ रुपैयाँले बढेर १४५० रुपैयाँमा कारोबार भइरहेको छ । केन्द्रिय कार्यालय नक्सालको भगवतीबहालमा रहेको यस इन्स्योरेन्सको हालसम्म एक करोड ३३ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ ।

नेप्से घटेर ११०० अंकमा झर्दा नेपाल लाइफ इन्स्योरेन्सको बढी कारोबार, यस्ताे छ कारण

काठमाडौं । आइतबारको नेप्से परिसूचक ४.९५ अंकले घटेर ११००.५८ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले घटी हो । करिब ५ अंकले घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कम्पनीले सेयरधनीलाई बोनस सहित ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको आइतबारको उच्च कारोबार रकमले देखाएको छ । सो दिन कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.४५ प्रतिशतले बढेर प्रतिकित्ता १०४८ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बाँकी कम्पनीको एक करोडभन्दा कम रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल १७४ कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ४ हजार ८०४ वटा कारोबारमा ८ लाख ७३ हजार ४९५ कित्ता सेयर बिक्री भएका छन् । त्यस्तै, निर्जीवन बीमा र होटल समूह क्रमशः ५३.०८ र ४.२३ अंकले हरिया भएका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २७ अंकले घटेको छ ।

बोनसपछि कृषि विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आइतबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३१४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७३.५८ रुपैयाँ रहेको छ ।