नेप्से ५ अंकले बढ्दा नेशनल लाइफ इन्स्योरेन्सको एकैदिन २२ करोडको सेयर किनबेच

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य ५.४० अंकले उकालो लागेर ११५५ अंकमा पुगेको छ । पुँजी बजारमा ५ लाखभन्दा कमको कारोबारमा प्यान एैच्छिक गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय पछि उकालो लाग्न थालेको बजार अन्तत अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढेर बन्द भएको छ । सामान्य अंकले बढेको बजारमा सामान्य कारोबार भएको छ । कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । समग्रमा भन्नुपर्दा इन्स्योरेन्सको झण्डै कुल कारोबारको आधा जस्तो हाराहारीमा सेयर किनबेच भएको छ । यस इन्स्योरेन्सको एकैदिन २२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको संस्थापक र साधारण सेयर गरी सो मात्राको सेयर कारोबार भएको हो । सो मध्ये सबैभन्दा बढी संस्थापक सेयर बिक्री भएको छ । जसको एकैदिन २१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ भने एक करोड ५७ लाख रुपैयाँ बराबरको साधारणसेयर किनबेच भएको छ । कम्पनीको ब्रोकर नंम्बर २० र ४९ मार्फत कुल एक लाख ९६ हजार २६२ कित्ता सेयर २१ करोड रुपैयाँमा किनबेच भएको हो । बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर काराेबार भएकाे फ्लोरसीट बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०७० र साधारण सेयरको मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ रहेको छ ।

सामुदायिक लघुवित्तले चैत २४ गते डाक्यो साधारणसभा, कहिलेदेखि बुक क्लोज ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी चैत २४ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत ११ देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन २९गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।

बोर्डको निर्णयको असर बजारमा, नेप्सेमा एकाएक छायो हरियाली

काठमाडौं । पुँजी बजारमा प्यान अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निणर्यको असर बिहीबारको सेयर बजारमा परेको छ । बोर्डले एक विज्ञप्तिमार्फत ५ लाख भन्दा कमकाे काराेबारलाई प्यान ऐच्छिक गर्ने जानकारी दिएपछिको बजारमा एकाएक हिरियाली छाएको छ । बिहीबार करिब सवा बजे नेप्से परिसूचक ६.०७ अंकले उकालो लागेर ११५६.१७ अंकमा पुगेको छ । ११५० अंकदेखि कारोबार शुरु भएकाे नेप्से ओरालो लागेर ११४२ अंकमा पुगेको बजार बोर्डको निर्णयले एकाएक उकालो लागेको हो । बोर्डले बैशाख १ गतेदेखि ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले पाँच लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र सो भन्दा कमको कारोबारीलाई प्यानमा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो । यस अघि बोर्डले बैशाख १ गतेदेखि सबै सेयर कारोबारमा प्यान अनिवार्य गर्ने निर्णय गरेकाे थियो । बिहीबार १ः१५ बजेसम्म कुल १४३ कम्पनीको १२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी यूनाईटेड फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, कारोबारमा आएका सबैसूचकमध्ये उत्पादनमूलक समूह सामान्य अंकले ओरालो लागेको छ भने बाँकी समूह हरिया देखिएका छन् ।