विदेशमा रहेका १० हजार नेपालीले पाए भुजुङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड गरेको छ । कम्पनीको आईपीओ पुस १७ गतेका दिन बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।  कम्पनीले गत पुस ३ गतेदेखि पुस ७ गतेसम्म सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई बिक्री खुला गरेको थियो ।  उक्त अवधिमा कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिएका लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको हो । १० हजार जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गरेको कम्पनीले जनाएको छ ।  आईपीओ रिजल्ट कुमारी क्यापिटल लिमिटेडको वेबसाइट, सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सीडीएससीको मेरोसियर पोर्टल तथा आईपीओ रिजल्ट मार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । आईपीओ नपरेका लगानीकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ । 

कलश स्टक मार्केटले सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने

काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ ले लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस १९ गतेदेखि २६ गतेसम्म ८ दिनसम्म चल्ने यो तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । सेयर बजारप्रति चासो राख्ने इच्छुक व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् । बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने तालिममा सेयरबजारसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । तालिमका प्रमुख प्रशिक्षकका रूपमा अशोक कुमार शाह रहने कलश स्टक मार्केटले जनाएको छ । तालिममा सहभागी हुन इच्छुकले कलश स्टक मार्केटको आधिकारिक वेबसाइटमार्फत फारम भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदीप के.सी.ले जानकारी दिएका छन् ।