एनपीएल ७.२८ प्रतिशत पुगेपनि हिमालयनको नाफा २२.१४ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १०.९३ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६१ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १०.८८ प्रतिशत बढेर १ अर्ब १५ करोड १३ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेर १२ अर्ब ५२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ८८.४२ प्रतिशत बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रुपैयाँ गरेको छ ।   गत वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब ४४ करोड १५ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले केही घटाएको देखिन्छ ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.४२ प्रतिशत बढेर २३ अर्ब ३५ करोड ९९ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन ८.८९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १.३७ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८९ करोड ९५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड ९७ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ बढेर ६.९८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ७.२८ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ४.०६ प्रतिशत छ ।

​​​​​​​एनएमबि बैंकको नाफा ३.२८ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४६.२२ प्रतिशत बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशत बढेर २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशत बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ, सञ्चालन नाफा ६४.४६ प्रतिशत बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ गरेको छ ।   गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोष १५.२० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन २५.४४ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७.९१ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.७२ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.६६ प्रतिशत छ ।

मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा १०२.६५ प्रतिशत बढ्यो, नाफा साढे ३१ करोड रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३९.९६ प्रतिशत बढेर ३१ करोड ४३ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष फाइनान्सले २२ करोड ४६ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  फाइनान्सको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ०.८३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.७७ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा बढेको देखिन्छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १०२.६५ प्रतिशत बढेर ३५ करोड ४४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १७ करोड ४९ लाख २५ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो ।  गत वर्ष फाइनान्सको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७४ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीले ११ करोड २१ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, १ अर्ब १ करोड २४ लाख ६८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५१ करोड ७९ लाख ५९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडामा ७३ करोड ८२ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म फाइनान्सले २१ अर्ब ८७ करोड ४४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९० करोड ९१ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।  नाफा बढेसँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १६.६२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको फाइनान्सको गत वर्ष बढेर २३.२६ रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८०.८५ रुपैयाँ छ ।