५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २९५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै एसवाइ प्यानलको ७१ करोड, नेसनल हाइड्रोको ४६ करोड, रिडि पावरको ४५ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फोरेस्ट, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।      

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, १५ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ अंकले घटेर २९३५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४५ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३४५ कम्पनीको ३५ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादी गुप्रको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एपीआई पावर कम्पनीको ५१ करोड, शिवम् सिमेन्टको ४७ करोड, सुपर म्यादी हाइड्रोको ४६ करोड र एसवाई प्यानलको ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट भएको छ । रिलाइन्स स्पीनिङ, सुपर खुदी हाइड्रो, सोलु हाइड्रो, भुजुङ हाइड्रो, होटल फोरेस्ट र पन्चकन्या माई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   

विदेशमा रहेका नेपालीले सानिगाड हाइड्रोको आईपीओमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । चैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।