किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, ४ असोज । किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई ६१ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले ३ दशमलब २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका साथै कम्पनीले ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । उक्त निर्णय सोमबार बसेको ७४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ३ करोड २२ लाख रुपैयाँ पुग्ने छ । मंगलबार फाइनान्सको प्रतिकित्ता सेयर ४ हजार ५३ रुपैयाँमा कारोबार भइरहेको छ ।

गहुेश्वरी, मुक्तिनाथ र मितेरीको ५०/५० प्रतिशत हकप्रद

काठमाडौं, ४ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले निस्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर आगामी २१ असोजदेखि विक्री खुल्ला हुने भएको छ । विक्री खुल्ला हुने भनिएको दिन शुक्रवार परेको छ भने दशै विदाको अन्तिम दिन पनि सोही दिन परेको छ । कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद निस्कासन गर्न लागेको हो । हकप्रद विक्री बन्द अगामी २५ कात्तिकमा हुनेछ । हकप्रद सेयर निस्कासनको लागि कम्पनीले एनआइबिएल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ भने कम्पनीका शाखा कार्यालय, एनआइविलको कार्यालय तथा उसले तोकेका संकलन केन्द्रहरुवाट पनि हकप्रद भर्न पाइने भएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले दिन लागेको ५० प्रतिशत हकप्रद सेयर निस्कासन पनि २१ असोजदेखि नै हुदैछ । सो बैंकको हकप्रद भर्ने अन्तिम म्याद पनि आगामी २५ कात्तिक तोकिएको छ । बैंकको विक्री प्रबन्धक एनआइविएल क्यापिटल छ । हकप्रद भर्नको लागि एनआइविएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट वा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुवाट सकिने जानकारी दिइएको छ । मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । मितेरी डेभलपमेन्ट बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको छ । सो बैंकको हकप्रद विक्री आगामी १ कात्तिकदेखि खुल्ला हुनेछ भने विक्री बन्द आगामी ५ मंसिरमा हुदैछ । मितेरीको हकप्रद सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । हकप्रद भर्नको लागि प्रभु क्यापिटलको कार्यालय कमलादी तथा बैंकका शाखा कार्यालयहरु तोकिएका छन् ।

६० लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, २ करोड १६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २ असोज । आइतबार मात्र करिब ६० लाख ८४ हजार ३६८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । कास्की फाइनान्सको २ लाख ९९ हजार ३२६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कास्की फाइनान्सको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । त्यस्तै, इनोभेटिभ डेभलपमेन्ट बैंकको ४ लाख ४३ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यसैगरि रिलायवल डेभलपमेन्ट बैंकको १३ लाख ५४ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस दुई डेभलपमेन्ट बैंकको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ । सो दिन मात्र २ अर्ब १६ लाख ८४ हजार ३२७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन प्रोफेशनल दियालो विकास बैंकको २०३ हजार कित्ता सेयर, मिसन डेभलपमेन्ट बैंकको २ लाख २४ हजार कित्ता सेयर र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको ७ लाख ३५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता सेयर, काँक्रे बिहार विकास बैंकको ५६ हजार कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ३२४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंक र काँक्रे बिहार विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सानिमा बैंकको १५१ लाख कित्ता सेयर र काँक्रे बिहार विकास बैंकको एक लाख ७२ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।