सिटिजन्स बैंकको हकप्रद सेयर आजदेखि खुला, कहाँ कहाँबाट दिने आवेदन ?
काठमाडौं । सिटिजन्स बैैंकले आज(चैत २४ गतेदेखि) प्रतिसेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । सो मात्राको सेयरको लागि इच्छुक सर्वसाधरणले चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । गत फागुन २४ गतेसम्म सेयर खरिद गरेको सेयरधनीले मात्रै हकप्रद लिन पाउने बैंकले जनाएको छ । साथै, इच्छुक सर्वसाधरणले सानिमा क्यापिटल लिमिटेड नारायण चौर नक्साल, सिटिजन्स बैंकको सम्पूर्ण शाखा कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।
वाचिम्ले लघु जलविद्युुतको सेयर खुला, स्थानीयले १० देखि १००० कित्तासम्म किन्न पाउने
भोजपुर। भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले ७१ लाख ५१ हजार रुपैयाँमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ । सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए। रासस
गरिमा विकास बैंकको ९० लाख कित्ता हकप्रद निष्कासन, बैशाख १४ गतेदेखि विक्री खुला
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९० लाख ७६ हजार २९६ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले एक सय रुपैयाँ अंकित १० कित्ता साधारण सेयर बराबर नयाँ ७ कित्ता साधारण सेयर (१०ः७)को अनुपातमा हकप्रद निष्कासन गरेको छ । यो बैंकले १ अर्ब २९ करोड ६६ लाख १३ हजार ८०९ रुपैयाँको चुक्ता पुँजीमा ९० करोड ७६ लाख रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदन दिन यही चैत २९ सम्म सेयर किनेका लगानीकर्ताले हकप्रदको आवेदन दिन सक्नेछन। यसको सेयर आवेदन आगामी बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो । यसको सेयर आवेदन एस क्यापिटल लिमिटेड, एस डेभलपमेन्ट, महालक्ष्मी विकास बैंक कैलाली र गरिमा विकास बैंकको सम्पूर्ण शाखाबाट गर्न सकिने उल्लेख छ ।