अरुण कावेलीलाई ३० करोडको आइपिओ जारी गर्ने अनुमति, दशैं लगत्तै लगानी गर्न पाइने
काठमाडौं, १७ असोज । अरुण काबेली पावर लिमिटेडले ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असोज १६ गते अरुण कावेलीलाई ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । अरुण कावेलीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले दशैं लगत्तै आइपिओ जारी गरिने विकासन्युजलाई जानकारी दिए । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले केहि समय पहिले नै १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर प्रभावित क्षेत्रका बासिन्दालाई दिइसकेको छ । कुल १ अर्ब ५० करोड चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयर १ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
प्राइमको हकप्रद भर्ने आज अन्तिम दिन, हुलाक मार्फत पनि पठाउन पाइने
काठमाडौं, १६ असोज । प्राइम कमर्शियल बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । ३ कित्ता सेयर हुने १ कित्ता हकप्रद भर्न पाउने ब्यवस्थामा आज त्यस्तो सेयरको माग नगरे पाउनु हुने छैन । बैंकले गत १२ भदौदेखि हकप्रद निस्कासन खुल्ला गरेको थियो । बैंकको हकप्रद सेयर निस्काशनको विक्री प्रबन्धक सिभिल क्यापिटलले १६ असोजमा सार्वजनिक सुचना प्रकाशित गरेर आज हकप्रद भर्ने अन्तिम दिन भएको स्मरण गराएको छ । बैंकको अहिले सेयरमूल्य प्रतिकित्ता ६ सय रुपैयाँभन्दा माथि छ । हकप्रद भर्नेले १ सय रुपैयाँमा एक कित्ता पाउनेछन् । गत १९ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्नको लागि प्राइम बैंकका सवै शाखा तथा सिभिल क्यापिटलको कार्यालय र सिभिल क्यापिटलको नाममा खिचिएको एकाउन्टपेयी ड्राफ्टका साथमा सेयरको दरखास्त फाराम हुलाक सेवा मार्फत रजिस्ट्री गरेर वा कुरियर मार्फत पनि सिभिल क्यापिटलको ठेगानामा पठाउन सकिनेछ । तर सेयर विक्री बन्द भएको १५ दिन पछि प्राप्त हुने ड्राफ्ट र आवेदन फारमलाई बाँडफाँडमा समावेश नगरिने सिभिल क्यापिटलले जानकारी दिएको छ ।
मुक्तिनाथको ३४ प्रतिशत बोनस सेयर
काठमाडौं, १६ असोज । मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव छ । बैंकको १३ असोजमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको सा बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभावाट पारित भएपछि कार्यान्वयनमा आउने छ । सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिन लागिएको जानकारी बैंकले नेपाल स्टक एक्सचेन्जलाई पनि गराइसकेको छ ।