२ अर्ब ९६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, ९ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं, १३ असोज । बिहीबार मात्र २ अर्ब ९६ लाख ६२ हजार ०६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिटिजन बैंकको १ करोड ६८ लाख कित्ता सेयर र प्रभु बैंकको ६४ लाख १७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, स्टान्डार्ड चाटर्ड बैंकको ५६ लाख ४२ हजार कित्ता सेयर र रिलायन्स फाइनान्सको ७ लाख ४२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन फेवा विकास बैंकको ९ लाख ४६ हजार ६७७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब फेवा विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

त्रिभेणी विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, कात्तिक १ गते बुक क्लोज

काठमाडौं, ९ असोज । त्रिभेणी विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले सो प्रयोजनको लागि आगामी कात्तिक १ गते कम्पनीको सेयर कारोबार बन्द गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ८२ करोड रुपैयाँ रहेको छ । आइतबार बैंकको सेयर करिब ५१५ भन्दा बढी रुपैयाँमा किनबेच भइ रहेको छ ।

सहारा विकास बैंकमा साढे तीन करोडको लगानी अवसर, ३ लाख ५४ हजार कित्ता हकप्रद शेयर निष्कासन

काठमाडौं ९, असोज । सहारा विकास बैंक लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित ३ लाख ५४ हजार कित्ता हकप्रद शेयरको निष्काशन खुला गर्ने भएको छ । यो बैंकले यही असोज १४ गतेदेखि पाँचदिनका लागि हकप्रद शेयरको निष्काशन गर्ने भएको छ । बैैंकले एक कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको हमप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गरेको हो । विकास बैंकको विद्यमान दुई करोड ३६ लाख चुक्ता पूँजीमा एक शेयर बराबार १.५ को अनुपातमा एक सय रुपैयाँ अंकित्त ३ लाख ५४ हजार कित्ता शेरको हकप्रद निष्काशन गरेको बैंकले जानकारी दिएको छ । यो शेयरमा एक सयका दरले साढे तीन करोड रुपैयाँ लगानी हुने भएको छ । यो बैंकको शेयर नेपाल स्टक एक्सचेन्जमा भदौ २१ गतेसम्ममा कारोबार भएको साविकका शेयरधनिको लागि निष्काशन गरेको पनि बैंकले जानकारी दिएको छ । सर्लाहिमा केन्द्रिय कार्यालय रहेको यो बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो । यो बैंकको प्रति शेयर १२ सय ७९ रुपैयाँमा बजारमा कारोबार भइरहेको छ । यो बैंकको २ लाख ३६ हजार कित्ता शेयर नेपाल स्टक एक्जेन्जमा सूचिकृत भैसकेको छ । यो शेयर अनुसार बैंकको पूँजी ३० करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।