१०३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, भदौ ३० गते मुक्तिनाथको बुक क्लोज
काठमाडौं, २० भदौ । सोमबार मात्र १ अर्ब ३ लाख ४३ हजार ३५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन एनआइसी एसिया बैंक, नमस्ते वित्तीय संस्था, आइसीएफसी फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी र कालिन्चोक देव विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एनआइसी एसिया बैंकको ९२ लाख ३७ हजार ५४० कित्ता सेयर, नमस्ते वित्तीय संस्था लि.को ६२ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, आइसीएफसी फाइनान्सको ४ लाख ४८ हजार ३१७.५६ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको ५ लाख ३५ लाख कित्ता र कालिन्चोक देव विकास बैंकको ६० हजार कित्ता बोनस सेयर नेप्समा सूचिकृत भएको हो । भदौ ३० गते मुक्तिनाथ विकास बैंकको बुक क्लोज हुने भएको छ । बैंकले सो दिन सेयरधनीलाई हकप्रद सेयर निश्कासन गर्ने भएकाले बुक क्लोज गर्न लागेको हो ।
हकप्रद सेयरमा रिडी हाइड्रोपावरको जालझेल, साढे ७३ हजार कित्ता बोलकबोलमा बेचिँदै
काठमाडौं, १९ भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार १ गतदेखि साउन ४ गतेसम्म १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । एक महिनाका लागि आवेदन अबधी तोकेको रिडीले जम्मा दुई वटा मात्रै आवेदन संकलन केन्द्र तोकेको थियो । ती दुबै आवेदन केन्द्र काठमाडौंमै थिए । ग्लोबल आईएमइ क्यापिटल नाचघर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी टे«ड टावर थापाथलीमा मात्रै आवेदन दिन सकिने कम्पनीको आव्हान पत्रमा उल्लेख थियो । लगानी कर्तालाई पर्याप्त सूचना र आवेदन संकलन केन्द्र नदिएर कम्पनीले हाल ७३ हजार ६ सय ६१ कित्ता शेयर बोलकबोलका लागि आव्हान गरेको छ । कम्पनीले संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९ हजार ३८३ कित्ता सेयर बोलकबोलमा बिक्रि गर्न लागेको हो । शेयर खरिद गर्न चाहनेले शिलवन्दी बोलपत्रमा न्युनतम १ सय कित्तादेखि अधिकतम ७३ हजार कित्ता नै आवेदन दिन सक्नेछन् । रिडीको अहिले शेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ । रिडीको नेपाल स्टक एक्सचेन्जमा ४७ लाख २२ हजार तीन सय कित्ता शेयर सूचिकृत छ । रिडी कम्पनीले गुल्मीमा २४०० वाट क्षमताको रिडीखोला हाइड्रोपावर निर्माण गरेको छ । तर कम्पनीले आयोजना प्रभावितका लागि वितरण गरिएको सेयर वापत प्राप्त हुने हकप्रदका लागि समेत सो क्षेत्रमा संकलन केन्द्र राखेन् । ‘आयोजना प्रभावित गुल्मीका लगानी कर्ताले हकप्रदमा कसरी आवेदन दिने ? हजारौं खर्च गरेर काठमाडौं आउनु पर्ने अवस्था सृजना किन गरियो ? यसबाटै प्रष्ट हुन्छ कम्पनीले लगानी कर्तामाथी अन्याय गरेको छ’, लगानी कर्ता ज्योति दाहालले भने । उनले हकप्रद निष्काशनका लागि १० प्रतिशत लगानी कर्ता रहेको जिल्लामा एउटा संकलन केन्द्र अनिवार्य गर्नुपर्ने समेत बताए । सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईले पनि रिडी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनका क्रममा लगानी कर्तामाथी अन्याय गरेको आरोप लगाए । उनले कम्पनीको वेभसाइटबाट फारम डाउनलोड गरेर हकप्रद भर्न सकिने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । ‘सरकारले अनलाईनबाट टेण्डरको फारम भर्न सकिने कानुनी व्यवस्था गरिसकेको छ, अब हकप्रदमा पनि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरिनु पर्छ’, भट्टराईले भने । भट्टराई र दाहाल दुबैले नेपाल धितोपत्र बोर्डको गैरजिम्मेवारीका कारण हकप्रद सेयरमा लगानी कर्तामाथी अन्याय भैरहको आरोप समेत लगाए ।
एनएमबी म्युचुअल फण्डले ल्यायो हाईब्रिड फण्ड एल १, ६८ करोड लगानीको अवसर
काठमाडौं, १९ भदौ । एनएमबी म्युचुअल फण्डले हाईब्रिड फण्ड एल १ मार्फत ६८ करोडको म्युचुअल फण्ड ल्याएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी हाईब्रिड फण्ड एल १ का लागि १० रुपैंया मूल्य अंकित ६ करोड ८० लाख कित्ता सेयरका लागि आवेदन मागिएको हो । लगानी कर्ताले न्युनतम एक सय देखि ८० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । भदौ २६ गतेदेखि निष्काशन खुल्ला योजनाका लागि ढिलोमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ८० करोडका लागि आवेदन मागेको भएपनि १४ प्रतिशत एनएमबी बैंक र एक प्रतिशत एनएमबी क्यापिटलका लागि छुट्याएर बाँकी ईकाई संगठित वित्तिय संस्था तथा सर्वसाधारणका लागि निष्काशन खुल्ला गरेको हो । एनएमबी हाईब्रिड फण्ड एल १ को भुक्तानी अवधी ७ वर्षको हुनेछ ।