बिहीबारदेखि एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार खुला, कतिमा खुल्यो ?
काठमाडौं । केही समयदेखि बन्द भएको एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कम्पनीको २० प्रतिशत बोनस सेयर पछि समायोजन भएको २४४२ रुपैयाँबाट सेयर खुला भएको छ । धितोपत्र बोर्डको आवेदन अनुसार यस कम्पनीको सेयर कारोबार खुला गरेको जनाएको छ । यसअघि गोप्य सुचना चुहाएर सेयरको मूल्य बढाएकोले कम्पनीको सेयर कारोबार बन्द गरिएको थियो । कम्पनीको गत असार ६ गतेदेखि नै सेयर कारोबार बन्द भएको थियो।
कन्चन डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेले ३ कित्ता पाउने
काठमाडौं । कन्चन डेभपलमेन्ट बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले ३४ करोड ६५ लाखको चुक्ता पुँजीमाा १० करोड ३९ लाख बृद्धि गर्ने गरी हकप्रद सेयर जारी गरेको हो । यो बैंकले यही गत जेठ ३१ गतेसम्म कारोबार गरेको सेयरधनीले मात्रै हकप्रद किन्न पाउने गरी सूचना जारी गरेको छ । यो बैंकले १० कित्ता हुनेलाई नयाँ ३ कित्ता सेयर (१०ः ३)को अनुपातमा हकप्रद सार्वजनिक गरेको हो । यसको सेयर आवेदन यही असार ३० गतेबाट भदौ १ गतेभित्र दिइसक्नुपर्ने छ । यसको आवेदन दिन कन्चनका सबै शाखा, ग्लोवल आइएमई बैंकको काठमाडौं बाहिरको तोकिएको शाखाबाट मात्रै आवेदन दिन पाइने छ । यसको विक्र प्रवन्धक ग्लोवल आइएमई लिमिटेड हो ।
सप्तकोशी डेभलपमेन्टले जारी गर्यो २७ लाख कित्ता हकप्रद, असार ३० देखि आवेदन खुला
काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यो बैंकले यही असार १४ गतेभित्र सेयर कारोबार गरेर शेयरधनीले हकप्रद किन्न पाउने जानकारी दिएको छ । यो बैंकले निकाले एक सय रुपैयाँ प्रतिकित्ता यो हकप्रद सेयरको यही असार ३० देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । यसको आवेदन दिन बैंकका कार्यालय, एनएमबी क्यापिटल लिमिटेड र एमएमबी बैंकका तोकिएको शाखाबाट आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।