लोकभाका बिलाउँदै गएको अवस्थामा आफ्नो संस्कृतीलाई जीवन्त राख्न लागिपरेको छुः अन्जान गौतम
गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक अन्जान गौतम लोक तथा दोहोरी गायक हुन। ४ बर्षअघि संगीतको दुनियाँमा प्रस्थान गरेका उनले यसलाई आफ्नो जीवनको एउटा सहि निर्णय रहेको बताउँछन्। काब्रेपोखरी मा.वि जुगुम गुल्मीबाट एसएलसी दिएका उनले प्लस टु बागबजारको काठमाडाैं मोडल कलेजबाट गरेपछि अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए गरिसकेपछि सांगितिक दुनियाँमा छिरेका हुन्। हाल उनी शंकरदेव क्याम्पसमा मास्टर डिग्री अध्ययन गरिरहेका छन्। सांगीतिक यात्राका विषयमा गायक गाैतमसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । यहाँलाइ संगीत प्रति रुची कसरी बढ्यो? म सानै हुँदादेखी नै संगीत प्रति झुकाव राख्थें। आमाबुवाले केही गर्न नसके पनि यसले गाएर चाँही खान्छ है भन्नु हुन्थियो। सानैबाट घरमै खुब गाउँने गरिन्थियो। यताउता गाउँमा हुने कार्यक्रमहरुमा पनि म गाउँने गर्थे। त्यसरी गाउँदै जाने क्रममा मेरो संगित प्रति झनै रुची बढ्दै गयो । कसरी गीत रेकर्ड गरिदोँ रहेछ भनेर जान्ने पनि मेरो ठुलो ईच्छा थियो । त्यही सिलसिलामा स्नातकपछि म यस संगितको दुनियाँमा प्रवेश गरेको हुँ। तपाईंले अहिलेसम्मको कति वटा गीत रेकर्ड गराईसक्नु भयो? मैले अहिले सम्म ४ वटा तीजको, एउटा दोहोरी र दसैंको गीत रेकर्ड गराई सकेको छु। तीजको गीत बढी भए पनि मैले लोकगीतलाई बढी प्रथामिकता दिने प्रयासमा छु ।किनभने म आँफैमा पनि लोकभाका प्रेमी हुँ। लोकभाका बिलाउँदै गएको अवस्थामा म एक युवा भएको हिसाबलेले आफ्नो संस्कतीलाइ जीवंत राख्नुपर्छ भन्ने मेरो सोच रहेको छ। मेरा सबै गीतहरु युट्युबमा उपलब्ध छन्। दर्शकको प्रतिकृया कस्तो पाउनु भएकाे छ? दर्शकको राम्रो प्रतिकृया रहेको छ । जसको कारण मलाई हरदम गाउन प्रोत्साहन मिलेको छ। ब्यवसायीक हिसावमा राम्रो हुन नसके पनि दर्शकको मनमा ठाउँ पाएको छु। युट्युब र स्टेज कार्यकरम आम्दानीका श्रोत रहेको छ। अहिलेसम्म आमदानी सन्तोषजनक रहेको छ। मैले अहिलेसम्म सबै गीतहरु स्पोन्सरबाटै गरेको छु। मेरो बिदेशमा दाजुभाई र साथीहरु हुनुहुन्छ, उहाँहरुकै सहयोगमै अहिलेसम्म मेरो सांगीतिक यात्रा अघि बढीरहेको छ । औपचारिक रुपमा तपाईले संगीत सिक्नु भयो कि भएन ? अँह, मैले अहिलेसम्म औपचारिक रुपमा संगीत सिकेको छैन। म अहिले अब अर्को दोहोरी गीत रेकर्ड गर्ने क्रममा छु । पढाईको लागि बाहिर जाने तयारिमा छु । त्यसैले गर्दा पनि मैले मेरो ट्रेनिङमा ध्यान दिन पाईरहेको छैन । तर म अब म ट्रेनिङ लिने तयारिमा छु। बाहिर जानअघि ट्रेनिङ लिएर बिदेशमा गएर पनि त्यसलाई निरन्तारता दिने सोच मैले बनाएको छु। मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ। बिदेश गएर संगीत बिर्सिने त हैन? त्यसतो त होईन संगीतमा सधैं मन मुटुमा रहिरहन्छ। ठाउँ परिवर्तन गरेर संगीतलाई बिर्सिने हुँदैन। म जहाँ भए पनि संगित सधैं म संगै रहनेछ। अहिले आएको नयाँ गीत कस्तो रहेको छ? अहिले मेरो गीत तीजकाे टिपिकल गीत हाे। यसमा देवी घर्ती र मेरो स्वरमा छ। यसमा लय शब्द पनि मेरो छ। यसमा अरेन्ज कृष्ण भान्जाले गर्नुभएको हो भने रेकर्डिङ बागबजार सांगरा स्टुडियोबाट गरेको हुँ। कस्तो दर्शकले तपाईंको गीत मनपराउने गरेका छन ? मेरो संगीत मनपराउनु हुने प्राये युवाहरु भन्दा पनि युवा अवस्था पार गरेका मानिसहरु हुनुहुन्छ। भ्याली भन्दा बाहिर रहेको दर्शकहरुको माया बढी पाइरहेको महसुस हुन्छ मलाई।
किरणामान जाेशीले भने ‘राजेश हमाल मेरो साथी हो, तँलाई सिध्याईदिन्छु’
काठमाडौं । सामाजिक बेथितिबारे लेखिएको समाचारलाई लिएर किरणमान जोशीले विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलको ज्यान लिने धम्की दिएका छन् । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी फाेनबाट ज्यान लिने धम्की दिएका हुन् । ‘तैलै मलाई चिनेको रहेनछस् । विश्वको २०० देशको कुनै पनि ठाउँमा बस्ने मान्छेलाई सिध्याउन सक्छु ।’ ‘म नेपालमा पनि बस्छु । म अमेरिका पनि बस्छु, अष्ट्रेलिया पनि बस्छु । म विश्वको धेरै देश घुमिरहेको हुन्छु । मेरो बारेमा समाचार लेख्दा मेरो हैसियत र क्षमताको बारेमा जानकारी राखेस्’ उनले भने । ‘नेपालको सबैभन्दा नाम चलेको कलाकार राजेश हमाल मेरो साथी हो । म पनि कलाकार हुँ । बीबीसीले मेरो अन्तरवार्ता लिएको छ । कलाकार, पत्रकार सबैले मलाई चिन्छन्, प्रहरी र सेनामा पनि मेरा साथीहरु छन्’ उनले फिल्मीशैलीमा आफ्नो रवाफ देखाए । आफू काठमाडौंको रैथाने भएकोले चाहेको अवस्थामा राजधानी बाहिरबाट आएर काठमाडौंमा बसोबास गर्ने जो कोहीको विल्लिबाठ गर्ने क्षमता आफूसँग भएको उनले बताए । ८ मिनेट ९ सेकेण्डसम्म एकतर्फी रुपमा बोलेका जोशीले प्रधानसम्पादकलाई पटक पटक सिध्याई दिने धम्की दिएका छन् । नेपालमा विवाहपछि श्रीमानको सम्पूर्ण सम्पत्तिमा श्रीमतीको आधा हक लाग्ने कानुनी व्यवस्था छ । यसैलाई आधार मानेर केही महिलाहरु धनी केटासँग विवाह गर्ने, केही समयपछि सम्बन्ध विच्छेद गरी केटाको आधा सम्पत्ति लिने, फेरि अर्को केटासँग विवाह गर्ने विकृति मौलाएको छ । त्यस्तै आर्थिक रुपमा कंगाल भएका केटाहरु पनि सम्पत्तिवालकी छोरीलाई प्रेममा फसाउने, विवाह गर्ने, प्रशस्त दाइजो लिने, विवाहपछि विभिन्न वहानामा ससुरालीको सम्पत्ति धुत्ने, अन्तिममा डिभोर्स गरेर महिलाको विचल्ली बनाउने विकृति बढेको छ । यस्तै विकृतिको प्रतिनिधि मुलक घट्ना समेटिएको ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा समाचार विकासन्युजमा प्रकाशित भएको थियो । ‘मेरो र पुजा दाहालबीचको सम्बन्ध हाम्रो निजी मामिला हो, यस्तो विषयमा समाचार बनाउँदा मलाई सोधिएन’ जोशीले असन्तुष्टि जनाए । उक्त समाचारका सम्बन्धित पात्रहरु पुजा दाहाल, शतिस न्यौपाने, बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीको भनाई उल्लेख गरिएको छ । तर अष्ट्रेलिया बस्ने जोशीसँग सम्पर्क जोड्न सकिएको थिएन ।
बालबालिकाको सहयोगको लागि ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने
काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । फेशन शोबाट उठेको रकम बालबालिकाको सहयोगमा खर्च हुनेछ । यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने छन् । एक दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्याम्प शोमा उत्रने छन् । यस शोमा नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेने छ । फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न हुने छ । शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुने छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् । शो सफल बनाउनका लागि कुनै पनि कसुर बाँकी नराख्ने जोजोलोप्पा कलेक्सनका सञ्चालक सुमन मर्हजन प्रतिबद्धता जनाए । उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट वञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाउण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन् ।