छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा आउने
काठमाडौ । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो । “प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भने, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।” उहाँले असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा ३’ र असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको जानकारी दिए। यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर प्रचार भएको थियो । आज सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु देखाइएको छ । चलचित्रले स्कूल शिक्षा र विद्यालयमा हुने विकृति विसङ्गतिका विषयसमेत उठान गरेको छ । यस्तै विद्यालयमा हुने राजनीतिलाई समेत उठान गरिएको छ । कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्कापञ्जा ३’ को यसअघि सार्वजनिक ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई दर्शकले मन पराएका छन् । निर्देशक निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने विषवस्तु खुलाइएको जानकारी दिइन् । उनीले चलचित्रमा महिला र पुरुष समान हुन् भन्ने देखाउने प्रयास गरिएको समेत दाबी गरिन। दीपाश्री निरौलाकै निर्देशन रहेको चलचित्र ‘छक्कापञ्जा–१’ र ‘छक्कापञ्जा–२’ ले दर्शकको राम्रो साथ पाएको थियो । यसअघिका चलचित्रमा भने वैदेशिक रोजगार र यसले निम्त्याएको सामाजिक तथा पारिवारिक विकृतिलाई देखाइएको थियो । कलाकार जीतु नेपालले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई आग्रह गरे । ‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् । उक्त चलचित्र आमा सरस्वती मुभिज प्रालि तथा आइएमइको प्रस्तुतिमा निर्माण भएको भएको हो । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा छन्। कलाकार किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता हुन । रासस
लोकभाका बिलाउँदै गएको अवस्थामा आफ्नो संस्कृतीलाई जीवन्त राख्न लागिपरेको छुः अन्जान गौतम
गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक अन्जान गौतम लोक तथा दोहोरी गायक हुन। ४ बर्षअघि संगीतको दुनियाँमा प्रस्थान गरेका उनले यसलाई आफ्नो जीवनको एउटा सहि निर्णय रहेको बताउँछन्। काब्रेपोखरी मा.वि जुगुम गुल्मीबाट एसएलसी दिएका उनले प्लस टु बागबजारको काठमाडाैं मोडल कलेजबाट गरेपछि अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए गरिसकेपछि सांगितिक दुनियाँमा छिरेका हुन्। हाल उनी शंकरदेव क्याम्पसमा मास्टर डिग्री अध्ययन गरिरहेका छन्। सांगीतिक यात्राका विषयमा गायक गाैतमसंग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । यहाँलाइ संगीत प्रति रुची कसरी बढ्यो? म सानै हुँदादेखी नै संगीत प्रति झुकाव राख्थें। आमाबुवाले केही गर्न नसके पनि यसले गाएर चाँही खान्छ है भन्नु हुन्थियो। सानैबाट घरमै खुब गाउँने गरिन्थियो। यताउता गाउँमा हुने कार्यक्रमहरुमा पनि म गाउँने गर्थे। त्यसरी गाउँदै जाने क्रममा मेरो संगित प्रति झनै रुची बढ्दै गयो । कसरी गीत रेकर्ड गरिदोँ रहेछ भनेर जान्ने पनि मेरो ठुलो ईच्छा थियो । त्यही सिलसिलामा स्नातकपछि म यस संगितको दुनियाँमा प्रवेश गरेको हुँ। तपाईंले अहिलेसम्मको कति वटा गीत रेकर्ड गराईसक्नु भयो? मैले अहिले सम्म ४ वटा तीजको, एउटा दोहोरी र दसैंको गीत रेकर्ड गराई सकेको छु। तीजको गीत बढी भए पनि मैले लोकगीतलाई बढी प्रथामिकता दिने प्रयासमा छु ।किनभने म आँफैमा पनि लोकभाका प्रेमी हुँ। लोकभाका बिलाउँदै गएको अवस्थामा म एक युवा भएको हिसाबलेले आफ्नो संस्कतीलाइ जीवंत राख्नुपर्छ भन्ने मेरो सोच रहेको छ। मेरा सबै गीतहरु युट्युबमा उपलब्ध छन्। दर्शकको प्रतिकृया कस्तो पाउनु भएकाे छ? दर्शकको राम्रो प्रतिकृया रहेको छ । जसको कारण मलाई हरदम गाउन प्रोत्साहन मिलेको छ। ब्यवसायीक हिसावमा राम्रो हुन नसके पनि दर्शकको मनमा ठाउँ पाएको छु। युट्युब र स्टेज कार्यकरम आम्दानीका श्रोत रहेको छ। अहिलेसम्म आमदानी सन्तोषजनक रहेको छ। मैले अहिलेसम्म सबै गीतहरु स्पोन्सरबाटै गरेको छु। मेरो बिदेशमा दाजुभाई र साथीहरु हुनुहुन्छ, उहाँहरुकै सहयोगमै अहिलेसम्म मेरो सांगीतिक यात्रा अघि बढीरहेको छ । औपचारिक रुपमा तपाईले संगीत सिक्नु भयो कि भएन ? अँह, मैले अहिलेसम्म औपचारिक रुपमा संगीत सिकेको छैन। म अहिले अब अर्को दोहोरी गीत रेकर्ड गर्ने क्रममा छु । पढाईको लागि बाहिर जाने तयारिमा छु । त्यसैले गर्दा पनि मैले मेरो ट्रेनिङमा ध्यान दिन पाईरहेको छैन । तर म अब म ट्रेनिङ लिने तयारिमा छु। बाहिर जानअघि ट्रेनिङ लिएर बिदेशमा गएर पनि त्यसलाई निरन्तारता दिने सोच मैले बनाएको छु। मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ। बिदेश गएर संगीत बिर्सिने त हैन? त्यसतो त होईन संगीतमा सधैं मन मुटुमा रहिरहन्छ। ठाउँ परिवर्तन गरेर संगीतलाई बिर्सिने हुँदैन। म जहाँ भए पनि संगित सधैं म संगै रहनेछ। अहिले आएको नयाँ गीत कस्तो रहेको छ? अहिले मेरो गीत तीजकाे टिपिकल गीत हाे। यसमा देवी घर्ती र मेरो स्वरमा छ। यसमा लय शब्द पनि मेरो छ। यसमा अरेन्ज कृष्ण भान्जाले गर्नुभएको हो भने रेकर्डिङ बागबजार सांगरा स्टुडियोबाट गरेको हुँ। कस्तो दर्शकले तपाईंको गीत मनपराउने गरेका छन ? मेरो संगीत मनपराउनु हुने प्राये युवाहरु भन्दा पनि युवा अवस्था पार गरेका मानिसहरु हुनुहुन्छ। भ्याली भन्दा बाहिर रहेको दर्शकहरुको माया बढी पाइरहेको महसुस हुन्छ मलाई।
किरणामान जाेशीले भने ‘राजेश हमाल मेरो साथी हो, तँलाई सिध्याईदिन्छु’
काठमाडौं । सामाजिक बेथितिबारे लेखिएको समाचारलाई लिएर किरणमान जोशीले विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलको ज्यान लिने धम्की दिएका छन् । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी फाेनबाट ज्यान लिने धम्की दिएका हुन् । ‘तैलै मलाई चिनेको रहेनछस् । विश्वको २०० देशको कुनै पनि ठाउँमा बस्ने मान्छेलाई सिध्याउन सक्छु ।’ ‘म नेपालमा पनि बस्छु । म अमेरिका पनि बस्छु, अष्ट्रेलिया पनि बस्छु । म विश्वको धेरै देश घुमिरहेको हुन्छु । मेरो बारेमा समाचार लेख्दा मेरो हैसियत र क्षमताको बारेमा जानकारी राखेस्’ उनले भने । ‘नेपालको सबैभन्दा नाम चलेको कलाकार राजेश हमाल मेरो साथी हो । म पनि कलाकार हुँ । बीबीसीले मेरो अन्तरवार्ता लिएको छ । कलाकार, पत्रकार सबैले मलाई चिन्छन्, प्रहरी र सेनामा पनि मेरा साथीहरु छन्’ उनले फिल्मीशैलीमा आफ्नो रवाफ देखाए । आफू काठमाडौंको रैथाने भएकोले चाहेको अवस्थामा राजधानी बाहिरबाट आएर काठमाडौंमा बसोबास गर्ने जो कोहीको विल्लिबाठ गर्ने क्षमता आफूसँग भएको उनले बताए । ८ मिनेट ९ सेकेण्डसम्म एकतर्फी रुपमा बोलेका जोशीले प्रधानसम्पादकलाई पटक पटक सिध्याई दिने धम्की दिएका छन् । नेपालमा विवाहपछि श्रीमानको सम्पूर्ण सम्पत्तिमा श्रीमतीको आधा हक लाग्ने कानुनी व्यवस्था छ । यसैलाई आधार मानेर केही महिलाहरु धनी केटासँग विवाह गर्ने, केही समयपछि सम्बन्ध विच्छेद गरी केटाको आधा सम्पत्ति लिने, फेरि अर्को केटासँग विवाह गर्ने विकृति मौलाएको छ । त्यस्तै आर्थिक रुपमा कंगाल भएका केटाहरु पनि सम्पत्तिवालकी छोरीलाई प्रेममा फसाउने, विवाह गर्ने, प्रशस्त दाइजो लिने, विवाहपछि विभिन्न वहानामा ससुरालीको सम्पत्ति धुत्ने, अन्तिममा डिभोर्स गरेर महिलाको विचल्ली बनाउने विकृति बढेको छ । यस्तै विकृतिको प्रतिनिधि मुलक घट्ना समेटिएको ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा समाचार विकासन्युजमा प्रकाशित भएको थियो । ‘मेरो र पुजा दाहालबीचको सम्बन्ध हाम्रो निजी मामिला हो, यस्तो विषयमा समाचार बनाउँदा मलाई सोधिएन’ जोशीले असन्तुष्टि जनाए । उक्त समाचारका सम्बन्धित पात्रहरु पुजा दाहाल, शतिस न्यौपाने, बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीको भनाई उल्लेख गरिएको छ । तर अष्ट्रेलिया बस्ने जोशीसँग सम्पर्क जोड्न सकिएको थिएन ।