मेलिना राई र कुलेन्द्र वि.कको नयाँ गीत ‘दश तले घर’ सार्वजनिक
काठमाडौं । गायिका मेलिना राई र गायक कुलेन्द्र वि. कको नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सर्जक मुकुन्द पौडेलको शब्दमा र चर्चित गायक कुलेन्द्र वि.कको संगीतमा सो लोकगीत बजार ल्याएको हो । अभिनयमा सुनिल लामिछाने र अन्जली अधिकारीलाई देख्न सकिन्छ । कुलेन्द्र वि.कको ‘सालको पातको टपरी हुने’ पछिको यो लोकगति बजारमा ल्याएका मेलिना राईको ‘पान खायो मायाले’ पछिको अर्काे नयाँ गति रहेको हो । गीतको शब्दमा नेपाली समाजको चर्चा तथा परिचर्चा गरेका पाइनछ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको सो म्युजिक भिडियोलाई क्यामेरामा कैद् सुरेश श्रेष्ठ गरेका हुन् । गोरखा म्युजिक प्रा.लिबाट साे गीत उत्पादन गरिएको हो । म्युजिक भिडियो हेर्न तल क्लिव गर्नुहोस् । https://www.youtube.com/watch?v=ivuyw5vG_zI
तेजेन्द्र र वर्ता गन्धर्वको स्वरमा, गोकर्णको पहिलो गीत सार्वजनिक
काठमाडाैं। गोकर्ण रुपाखेती(शर्मा) को पहिलो गीत ‘म त गीत गाउँछु हजुर’ सार्वजनिक भएको छ । नेपालको वर्तमान परिस्थितिलाई औल्याउँदै रुपाखेतीको उक्त गीत सार्वजनिक गरेका हुन् । रियालिटी शो भ्वाईस अफ नेपालका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् । साईराम पिक्चर्सले बजारमा ल्याएको सो गीतमा समाजदेखि देशको गतिविधिलाई प्रष्ट पार्दै उक्त गीतमा गोकर्ण रुपाखेती(शर्मा), आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाले गरेका हुन् । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाडाैंले गरेको हो ।
निर्माण अगाडी नै ‘प्रेमगीत ३’ काे प्रदर्शन मिति घोषणा
काठमाडौं । सन्तोष सेनको निर्देशनमा रहेको ‘प्रेमगीत ३’ निर्माण अगाडी नै प्रदर्शन हुने मिति घोषणा गरेको छ । पत्रकार सम्मेलन मार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै चैत्र २८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन् । अभिनेता प्रदिप खड्काको प्रमुख भुमिका रहेको सो फिल्म प्रोस्टरमा देखिए अनुसार द्धन्दात्मक रहेको अनुमान लगाउन सकिन्छ । ‘प्रेमगीत ३’ मा नायकको तर्फ अभिनेता प्रदिप खड्काको चर्चा हुँदै गर्दा अझैपनि नायिकको तय भएको छैन् । सो फिल्मका लागि मिस नेपाल अर्थ निति शाह चर्चामा आएकी छन् । केहि समय अगाडी लभ स्टेसन हेर्न पुगेकी शाहले पत्रकारहरुसँग फिल्म क्षेत्रमा आफु प्रवेश गर्न सक्ने कुरा बताएसँगै उनी पे्रमगीत ३ मा प्रवेश गर्ने परिचर्चा चल्न थालेको हो । फिल्ममा राजेश हमाल प्रदीपका पिताको रुपमा देखिने निर्माण टिमको भनाई रहेको छ । त्यस्तै यो चलचित्रको कथा २ सय वर्ष पुरानो रहेका निर्माण समुहले जानकारी दिएको छ । फिल्म निर्माण समुहले २०७७ साललाई लक्षित गर्दै यहि चैत्र २८ गते फिल्म प्रदर्शन गर्ने बताएको छ ।