सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक
काठमाडौं । सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सोन्ना अमात्यको स्वरमा रहेको सो गीतको लय तथा संगीत शशि विक्रम थापाले गरेका हुन् । अभिनयमा सोन्ना अमात्यका साथमा निरज बराललाई देख्न सकिन्छ । नविन अवालले उक्त म्युजिक भिडियो निर्देशन गरेका थियो । भिडियो हेर्न तल क्विल गर्नुहोस् ।
पूर्वेली सुन्दरीहरु सम्मिलित डिभाइन वाइन क्यालेण्डर सार्वजनिक
धरान । डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन इन्डस्ट्रीज प्रालिले मिस पूर्वाञ्चल २०१८ का बिजेताहरुको फोटोशुट गरी ‘डिभाइन वाइन क्यालेण्डर २०७६’ सार्वजनिक गरिएको छ । धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा सोमबार आयोजित कार्यक्रममा नायिका तथा मोडल मरिस्का पोखरेल, डिभाइन वाइनका नेशनल म्यानेजर बबिन अधिकारी, ब्रान्ड म्यानेजर सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङले एकसाथ क्यालेण्डर लोकापर्ण गरे । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेण्डर प्रकाशित गर्दै क्यालेन्डर लोकार्पण कार्यक्रम गर्दै आएको छ । क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको ग्लामरस तस्बिरहरु धरानको विभिन्न ठाउँमा शुट गरिएको छ । मुन्धुम बुटिक र चेरी फेसनको ड्रेस ,सुजन राई र तरुना राईको मेकअप तथा दावागुञ्जन कलेक्सनको गहनाहरुमा सजिएका मोडलहरुको इक्सा मादेनको संयोजनमा फोटोशुट फोटोग्राफर पवन जोशी र बिबेक फोटोग्राफीले गरेको थियो । क्यालेण्डरमा वार्षिक बिदा तथा विभिन्न पर्वहरू पनि समेटिएको छ । क्यालेण्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरले बिभिन्न आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।
चलिचत्र ‘वीर विक्रम २’ ले गर्याे पहिलाे पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘वीर विक्रम २’ को पहिलो पहिलाे पोस्टर सार्वजनिक गरेको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म पहिलो पोस्टरमा मुख्य पात्रहरुको मात्र तस्विर सार्वजनिक गरेको छ । च्याम्स इम्टरटेनमेन्ट लण्डन सिने संयुक्त ब्यानमा निर्माण गरिएको चलचित्रमा पल शाह, नजिर हुसेन, नायिका वर्षा सिवाकोटी र कलाकार वुद्धि तामाङ्गको तस्विर पोस्टरमा सार्वजनिक भएको छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ । ‘वीरविक्रम’ मा नाजिर, दयाहा राई, दीया पुनलाई देखिएको थियो । कार्यकारी निर्मातामा अर्पण सापकोटा रहेका छन् भने ‘वीर विक्रम २’ मा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी सत्री, मनिष लिम्बु लगायतका अभिनय रहेको छ ।