पूर्वेली सुन्दरीहरु सम्मिलित डिभाइन वाइन क्यालेण्डर सार्वजनिक

धरान । डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन इन्डस्ट्रीज प्रालिले मिस पूर्वाञ्चल २०१८ का बिजेताहरुको फोटोशुट गरी ‘डिभाइन वाइन क्यालेण्डर २०७६’ सार्वजनिक गरिएको छ । धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा सोमबार आयोजित कार्यक्रममा नायिका तथा मोडल मरिस्का पोखरेल, डिभाइन वाइनका नेशनल म्यानेजर बबिन अधिकारी, ब्रान्ड म्यानेजर सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङले एकसाथ क्यालेण्डर लोकापर्ण गरे । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेण्डर प्रकाशित गर्दै क्यालेन्डर लोकार्पण कार्यक्रम गर्दै आएको छ । क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको ग्लामरस तस्बिरहरु धरानको विभिन्न ठाउँमा शुट गरिएको छ । मुन्धुम बुटिक र चेरी फेसनको ड्रेस ,सुजन राई र तरुना राईको मेकअप तथा दावागुञ्जन कलेक्सनको गहनाहरुमा सजिएका मोडलहरुको इक्सा मादेनको संयोजनमा फोटोशुट फोटोग्राफर पवन जोशी र बिबेक फोटोग्राफीले गरेको थियो । क्यालेण्डरमा वार्षिक बिदा तथा विभिन्न पर्वहरू पनि समेटिएको छ । क्यालेण्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरले बिभिन्न आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।

चलिचत्र ‘वीर विक्रम २’ ले गर्याे पहिलाे पोस्टर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’ को पहिलो पहिलाे पोस्टर सार्वजनिक गरेको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म पहिलो पोस्टरमा मुख्य पात्रहरुको मात्र तस्विर सार्वजनिक गरेको छ । च्याम्स इम्टरटेनमेन्ट लण्डन सिने संयुक्त ब्यानमा निर्माण गरिएको चलचित्रमा पल शाह, नजिर हुसेन, नायिका वर्षा सिवाकोटी र कलाकार वुद्धि तामाङ्गको तस्विर पोस्टरमा सार्वजनिक भएको छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ । ‘वीरविक्रम’ मा नाजिर, दयाहा राई, दीया पुनलाई देखिएको थियो । कार्यकारी निर्मातामा अर्पण सापकोटा रहेका छन् भने ‘वीर विक्रम २’ मा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी सत्री, मनिष लिम्बु लगायतका अभिनय रहेको छ ।

एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो ग्यारेजको समापन गरेका हुन् । यस क्रममा उनीहरुले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक प्रस्तुत गरे । राराहिल मेमोरियल स्कुलस“गको सहकार्यमा पुनः स्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख अथित्यता र विभिन्न स्कुलका प्रधानाध्यापक तथा बालसाहित्यकारहरुको आतिथ्यतामा उनीहरुले अभिभावकमाझ आफ्ना नाट्य प्रस्तुति दिएका हुन् । बाल रंगमञ्चको अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा लिटल थिएटर ग्यारेज २०७५ को चैत २० बाट सुरु भएको थियो । बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरुहरु मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भएका थिए । जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वतृत्व लगायतका क्रियाकलापमा पनि भएका थिए । ‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा हरेक वर्ष चैत २० देखि हुने कार्यशाला २०७१ सालदेखि नियमित हु“दै आएको छ । कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ पनि वमोचन गरिएको थियो । लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणा लगायतका अतिथिहरुले विमोचन गरेका हुन् । तीन नाटक जुन यस्ता छन्र ः ५ देखि १४ वर्षसम्मका बालबालिका सहभागी थिएटर ग्यारेजमा उमेर समूह अनुसार छुट्टाइएको तीन समूहले छुट्टाछुट्टै नाटक मञ्चन गरेका हुन् । ती मध्ये ‘सुपरम्यान सपना’ले एक बालकले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरुलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हिडेको सपनालाई नाटकमा उतारिएको थियो । बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरुको सुपर पावर रहेको भाव नाटकमा देखाइएको थियो । त्यस्तै अर्को नाटक ‘बाई बर्डी’ ले सहरी परेवेशको व्यस्थतामा अभिभावकबाट प्रयाप्त समय नपाएको एक बालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीस“गको सापिप्यतालाई दृश्यमा उतारिएको थियो । आफ्ना अभिभावकको समय नपाउ“दा घरपालुवा पप्पी र घरमा आइपुगेको घाइते परेवास“गको जोडिएको सम्बन्धलाई नाटकले उठान गरेको थियो । तेस्रो नाटक ‘करेसाबारी जडिबुटी’ले हाम्रै करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतिहरुको सम्मेलन आयोजना गरिएको थियो । सो नाटकीय सम्मेलनमा विभिन्न मानवीय चरित्र बोकेका तरकारीहरुले आफ्नो विशेषता र गुणहरुलाई रमाइलो तरिकाले बयान गरेका थिए । तरकारीहरुले मानिसको स्वास्थ्यलाई राम्रो बनाइराख्न मदत गर्दै आएको कुरा उनीहरुले सम्मेलनमा बताएका थिए । यी नाटकहरुलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरु केदार श्रेष्ठ, सञ्जिता पराजुली र इलिना नकर्मीले तयार पारेका हुन् । साथमा सबीर चुरौटे, अरुण पौडेल, सुजन महत र सुजिता महर्जनले सघाएका थिए । कार्यशालामा सहभागी बालबालिकाहरुः कीर्तिपुरस्थित थिएटर मल नाटकघरमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्थानका बालबालिकाहरु सहभागी भएका थिए । कार्यशालामा प्रिन्स सिलवाल, निपूर्ण पौडेल, अरविन खड्का, कृती भट्टराई, प्रत्युस्मा श्रेष्ठ, अनुप पुरी, कलिना पाण्डे, सक्षम महर्जन, गायत्री श्रेष्ठ, सक्षम श्रेष्ठ, सम्श्रीती थापा, सुनिश्चित भुजेल, स्मृति अधिकारी, निकेश सिलवाल, एलिना श्रेष्ठ, शुभेच्छित ढुंगाना, स्वस्तिक प्रधान, सहर्शा क्षेत्री, आभा प्रधान, प्रवीन कायस्थ, साद्वी नकर्मी, सिञ्जनी खड्का, प्रेशिका तिमिल्सिना, प्रतीक तिमिल्सिना, इरा तामाङ, तिया महर्जन, स्वर्णिम लामा, आकृति श्रेष्ठ, पियुश श्रेष्ठ, प्रवेश श्रेष्ठ, शिशिर श्रेष्ठ, सहश्राम्सु नेपाल, श्रीतु महर्जन, उसर्वी कर्माचार्य सहभागी थिए । छैटौं कार्यशाला २०७६ चैत्र २० बाट हुनेछ ।