अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त, २५ विद्यार्थीलाई ‘उदय छात्रवृत्ति’ प्रदान

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै e2o गाडीको चाबी खतिवडालाई प्रदान गरे । e2o गाडी वातावरण मैत्री विद्युतीय गाडी हो । अग्नि इन्कर्पोरेटेडका ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पूर्व मिस नेपाल खतिवडाले हर्षित हुँदै आफु निकै खुशी भएको बताइन् । अग्नि इन्कर्पोरेटेडले बिगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकहरुका एसइई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजारका दरले ‘उदय छात्रवृत्ति’ पुरस्कार र प्रसंशा पत्र प्रदान गरेको छ । कार्यकारी निर्देशक शर्मा र पूर्व मिस नेपाल खतिवडाले संयुक्त उक्त पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुन् । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका ग्राहकहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।    

चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक,जेठ २४ गतेदेखि देशभर प्रदर्शन हुने 

काठमाडौं । चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् । यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् । सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाल लगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।

चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा भट्टराई र स्मृत सम्मानित

काठमाडौं । चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा उत्कृष्ट ५ जना पत्रकार सम्मान सहित पुरस्कृत भएका छन् । चलचित्र पत्रकार दिवसको अवसरमा करिव २ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकार सम्मान एवंम कुवेर गिरी र शारदा थापालाई चलचित्र पत्रकारिता पुस्कार २०७५ प्रदान गरिएको छ । ३ वर्षदेखि चलचित्र फोटो पत्रकारिता गर्दै आएका विनोद पोख्रेललाई एक थान कम्प्युटर प्रदान गरियो । उक्त कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सो सम्मान सहितको पुरस्कार प्रदान गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले आगामी दिनमा चलचित्र पत्रकारितालाई अगाडी लैजान सहयोग गर्ने र सबैको चासो रहेको बक्स अफिस लागु हुने जानकारी दिए । त्यस्तै बोर्डका अध्यक्ष भट्टराईले सम्मानित सबैलाई शुभकामना दिँदै सो कार्यक्रम मार्फत नै साउन देखि नेपाल भरि नै बक्स अफिस लागु हुने घोषणा गरेका छन् । त्यस्तै कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले महासंघ चलचित्र पत्रकारको हरेक क्रियाकलापलाई नजिकबाट नियाल्दै आएको हुँदा आफ्नो काम र कर्तव्यलाई बुझेर अगाडी बढ्दा सहयोग निरन्तर रह्ने जानकारी दिए । त्यस्तै भुवन केसी, करिश्मा मानन्धर, दिपकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए । चलचित्रकर्मि, उत्पादक एवंम पत्रकारको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले संघले पत्रकारका हकहित र मर्यादालाई नजिकबाट निर्यादै आएको र अबका दिनमा पनि पत्रकारको आवाजलाई आत्मसाथ गर्दै चलचित्र पत्रकार संघ अगाडी बढ्ने कुरा प्रष्ट पारे ।