नेपाली सिने क्षेत्रमा आफ्नो भबिष्य कोर्दै इण्डियन मोडल गीता बर्मा
काठमाडौं । इण्डियाको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौं कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन् । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन् । भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजुसंग बस्दै नृत्य तथा अभिनयको ट्रेनीङ समेत लिदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केहि सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन । इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केहि म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ित्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन गीता बर्मा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । अभिनय तथा नृत्यमा पोख्त मोडल गीता बर्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो िउनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । मोडेल गीता भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनको भनाई रहेको छ । सानै उमेर देखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत गीताले भनिन्, नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउने जानकारी दिएकी छन् ।
देशभरका ८० बढी पर्दामा “दाल भात तरकारी” रिलिज, भाबुक मुद्रामा फर्किदै दर्शक (भिडियो सहित)
काठमाडौँ । नेपाली चलचित्र ‘दाल भात तरकारी’ शुत्रबार देखि देशभर रिलिज भएको छ । देशभरका ८० बढी पर्दामा यो चलचित्र रिलिज भएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘दाल भात तरकारी’ले विशेषगरि अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा बस्तु बोकेको छ । श्रीमान् र श्रीमतीको झगडा, पारिवारिक सम्बन्ध, अमेरिकाको सपनालाई चलचित्रमा देखाइएको छ । चलचित्रले ‘दाल भात तरकारी’का लागि विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । मह संचारको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । यस चलचित्र बारे निर्माण पक्ष् यसरी मिडिया सामु खुलेर उपस्थित भएको थिए ।
समस्या पर्दा मद्दत नपाएको गायिका बिमाकुमारी दुराकाे गुनासो (भिडियो सहित)
काठमाडौँ । चर्चित लोक गायिका बिमाकुमारी दुरा अति मार्मिक गीत “पातिले बारेको घर’ मार्मिक गीत लिएर बजारमा आएको छिन। यस गीतमा दुर्गा बिरही र बिमा कुमारीको आवाजमा रहेको सो गीत रहेको छ । धेरै समय पछी संगीत क्षेत्रमा फर्केकी बिमा मिडियामा आएर यस्तो कुराकानी गरिरहेकी छिन्र। पहिले र अहिलेको संगीत क्षेत्रमा भएको फरकबारे पनि उनले यसरी विश्लेषण गरेकी छिन उनलाई दुख र समस्यामा पर्दा कोहिबाट पनि मद्दत नपाएको उनले दुख ब्यक्त गरेकी छिन्र । एक्लै भ्एको अवस्थामा मद्दत नपाएको तर त्यो बेला उनलाई कसैले पनि सपोर्ट नगरेको उनले बताउँ छिन् । सरकारको पनि ध्यानाकर्षण होस् भन्ने धारणामा ‘अन्त्यमा नेपाली गीत संगीतलाई माया गर्दिनु साथै यस क्षेत्रमा सरकारको पनि ध्यान रहोस भन्ने सन्देश दिईएको छिन्र। भिडियाे हेर्नका लागि तल क्विलक गर्नहोस