‘गलबन्दी’की लाजालु अन्जलीको अर्काे स्वरुप “अलि अलि काली अलि अलि गोरी” मा
काठमाडौं । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत “अलि अलि काली अलि अलि गोरी” सार्वजनिक भएको छ । इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीतमा पछिल्लो समय सबैलृ रुचाएका ‘गलबन्दी’ की अन्जली अधिकारी अभिनयमा अर्काे स्वरुपका साथ प्रस्तुत भएकी छिन् । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्टको अभिनय रहेको छ । प्रकाश सपुतको शब्द, सङीतमा बनेको यो गीतमा धेरैले अन्जली अधिकारिको अभिनयको तारिफ गरेका थिए। यस गीतमा भने अन्जली अधिकारी फरक अनि बोल्ड रुपमा प्रस्तुत भएकी छिन्। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन। सो गीतकाे भिडियाे एमडी सृर्जनामार्फत युट्युव च्यानल सार्वजनिक भएको हाे । भिडियो हेर्न क्लिक गर्नुहोस् ।
सिद्धार्थ बैंकको कभर सङ प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार प्रदान
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर सङ प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।
गायक रमेश श्रेष्ठको ‘टिकटकले डुबायो’ सार्वजनिक, भिडियोमा रक्षा र बले
कठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘टिकटकले डुबायो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।