टीभीएस स्ट्र्याकर मेलामा सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका
काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरबाट टिभीएस स्ट्याकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको छ । टिभीएस स्ट्याकर १२५ मेला शोरुम नजिकैको स्थानहरुमामा जेठ ३१ गतेबाट असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टिभीएस टिभीएस स्ट्याकर १२५ को खरिद क्यास , फाइनान्स र एक्सचेन्जको माध्यम बाट गर्न सक्ने कम्पनीले जनाएको छ । मेला अबधि भर टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि कम्पनीले उपलब्ध गराउने भएको छ । मेलामा टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते बिरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुःखशुख हासो खुशी बाँड्ने छन् । मेला अवधिमा ४०० वोटा टिभीएस स्ट्याकर १२५ बेच्ने लक्ष राखेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु टिभिएसले आफनो नेपाल भरिको ९० भन्दा बढी ठाउबाट थ्री एस सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ । बिभिन्न सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टीको सेवापनि दिदै आएको छ ।
नेपाल आईडलका विजेता रवी र प्रतिस्पर्धी अस्मिताको ‘हामी किसानी’ गीत सार्वजनिक
काठमाडौं । गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ युटुव मार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छ । काठमाडौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरु देख्न सकिन्छ । उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाँउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पशुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहित गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाँउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाँउमा बाझो हुदै गएको छ । गाँउ घरमा बृद्धबृद्धा तथा बालबालिका मात्रै रहेको यथार्थलाई प्रस्तुत गरेका गीतकारले भने । भिडियो हेर्न क्लिक गर्नुहोस् ।
गायक स्वयम्भूराज शाक्यको प्रस्तुतिमा दर्शक रमाउँदै
काठमाडौं । गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति “जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः” सम्पन्न भएको छ । रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका र अर्को कोठामा प्रविधि र प्राविधिक बसेर रेकर्ड गरिएको गीत “ओ प्रिय लिफः स्वयाः” निकै लोकप्रिय गीत हो । गायक शाक्यले सपनाश्रीका साथमा ३ दशक अघि गाएको यही गीतबाट यस कार्यक्रमको नामाकरण गरिएको हो । दर्शकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम ३ दशकको अवधिमा सृजना भएका १४ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरे । नेपाली भाषाका रतन, जिके नं भतिचा माया, छं मुसुं न्हिला स्वःसा, अय् मयजु थन छकः स्व, मुसुक्क न्हिला हुँ, भिंंद्यः गुथियागु मूसःगु अय्ला, ओ प्रिय लिफः स्वयाः, घण्टाघरया क्वय्, वया ला छ थन माया मदुम्ह, जात्राया हुलय्, मिलेजूम्ह पासाया इहिपाया भ्वय् गीत सुनाएका थिए भने रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि रेकर्ड भएको पहिलो गीत “तिमीलाई मैले चिनेर पनि” तथा सुगम संगीतको स्वर्ण युगको स्मरण एवं समर्पण गर्दै प्रेमध्वज प्रधान र उषा मंगेशकरले गाएको किरण खरेलको शब्द र जयदेवको संगीत रहेको माइतीघर चलचित्रको “नमान लाज”, नारायण गोपालको जीवनय् गुबलें छकःसां गीत पनि गायक शाक्यले सुनाएका थिए । कार्यक्रममा गायक शाक्यलाई गायिका संगीता शाक्य, नीशा देसार र गायक सुमन कपाली र चन्द्रमान शाक्यले साथ दिए भने वाद्यवादनमा भूपेन्द्र बज्राचार्यको संयोजनमा अनुप दास, ज्योति घिमिरे, रविन कार्कीढली, लक्ष्मी डंगोल, गौतम श्रेष्ठ, तेज श्रेष्ठ,सम्पूर्ण लामा, इन्द्रमान सिँहको साथ रहेको थियो । सांगीतिक प्रस्तुतिमा दुर्गालाल श्रेष्ठ, किरण खरेल, वंशीधर बज्राचार्य, शक्तिमोहन पराजित, शाक्य सुरेन, चन्द्रमान शाक्य, तीर्थ माली, शान्त शाक्य, किर्ति श्यामसुन्दर जोशी, निर्मलरत्न शाक्य, नील शाक्य, राजेशमान सिंह, अमर चित्रकारद्वारा रचित तथा गायक शाक्यका साथै विजयसिँह मुनाल, तीर्थ माली, श्यामसुन्दर जोशी, चन्द्रमान शाक्य, विरेन शाक्य, इन्द्र ब्यञ्जनकार, सुमन कपाली, राजेशमान सिंहले संगीत भरेका गीतहरु गुञ्जिए । दर्शकका लागि प्रवेश निःशुल्क आयोजना गरिएको यस कार्यक्रमको मुख्य प्रायोजक जुजु वेयर्स, सह–प्रायोजक सम्झना लेब्ररेटोरी क्लिनिक प्रा.लि., हौगल, ललितपुर र होटल सारा श्री प्रा.लि, लुम्बिनी रहेको छ भने २४ क्यरेट ज्वेलरी, मानभवन, जावलाखेल, ललितपुर तथा यस वेयर्सको पनि साथ रहेको छ । कार्यक्रम संचारकर्मी सुरजवीर बज्राचार्यले संचालन गरेका थिए ।